पोखराका लेकसाइडमा कोलम्बिया ब्रान्ड

पोखरा, २४ कात्तिक /अमेरिकी बहुराष्ट्रिय कम्पनी कोलम्बियाको उत्पादनको पोखरामा आधिकारिक पसल सञ्चालन गरि विक्रिवितरण सुरु गरेको छ । काठमाडौंमा केही समय पहिले खुले नेपालका लागि आधिकारिक ऐजन्ट हिमालयन आउटडोर गियरले कोलम्बियाको पसल पोखरामा सञ्चालनमा ल्याएको हो ।

पसल पोखराको पर्यटकीय केन्द्र लेकसाइडको हल्लनचोक नजिकै रहेको छ । पदयात्रादेखि साहसिक पर्यटनका गतिविधिमा संलग्न हुनेका लागि चाहिने लुगाफोटो र झोला लगायत सामग्री पसलमा उपलब्ध छन् । ५ करोड लगानीमा गरी काठमाडौं र पोखरामा पसल खोलेको हिमालयन आउटडोर गियरका एक सञ्चालक अनील भट्टराईले जानकारी दिए ।

अर्की सञ्चालक डिकिला लामाका अनुसार ओम्निटेक प्रविधिमा कपडा लगायत सामग्री उत्पादन गर्ने कोलम्बिया ब्रान्ड विश्वकै एकमात्रै कम्पनी हो । ‘यसका कपडा लगाउन स्वास्थ्यलाई कुनै हानि हुँदैन, पसिना सोस्छ, तापक्रम सन्तुलित राख्छ र शरीर सुख्खा हुन्छ पसिनाले रुझेर चिसो हुन पाउँदैन’, उनले भनिन् ।

 

कमेन्टहरु
Loading...