अमेरिकीको न्युयोर्कको लगौडिया एअरपोर्टमा साउथवेस्ट एअरलाईन्सको हवाईजहाज दुर्घटना भएको छ । सोमबार सांझ जहाज अवतरणका क्रममा दुर्घटनामा पर्दा १० जना घाईते भएको सिएनएनले जनाएको छ । १५० जना यात्रु बोकेर टेनेसीबाट न्युयोर्कको लगौडिया उडेको ३४५ साउथवेष्ट बिमान दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १० जना घाईते भएका हुन । बिमान दुर्घटना भएपछि केहि बेर लगौडिया एअरपोर्ट समेत बन्द भएको थियो । हवाईजहाजको नोज गिएरमा समस्या आएर जमिनमा अवतरण पश्चात दुर्घटना भएको समाचारहरुले जनाएका छन् । source : nayakahabar
http://www.youtube.com/watch?v=pEoiDH-H1gI#at=27
![](https://ganthan.com/wp-content/uploads/2023/05/G-new-logo.jpg)