तक्मे बुढाको अंग्रेजी विदेशीले पनि वुझ्दैनन्

जब स्टेजमा विल्सन विक्रम राई अर्थात तक्मे बुढा उक्लनन्छन्, दर्शक पेट मिचिमिची हाँस्छन् । दर्शक हसाँउन तक्मे बुढालाई कसैले पनि भेट्दैन । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा तक्मे बुढाले सबैलाई हाँस्न वाध्य बनाए ।गायक उदितनारायण झा देखि नेपाली सिनेमाका चर्चित कलाकार निर शाहको समेत क्यारिकेचर गर्न भ्याए विल्सनले । विल्सन विश्वमा आयोजना हुने सबैभन्दा धेरै कार्यक्रममा पुग्छन् । बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीमा सुटिङ हेर्दा हेर्दै कलाकार बनेका विल्सनले केही नेपाली सिनेमामा पनि अभिनय गरिसकेका छन् । उनलाई नेपाल टेलिभिजनबाट प्रशारण हुदै आएको ‘मेरी बाँस्सै’ सिरियलले चर्चामा ल्याएको हो । हेरौ हामी पनि विल्सनले कसरी दर्शकलाई हसाँए ।

कमेन्टहरु
Loading...