बि. पि.को राजनीतिक र साहित्यिक दुबै व्यक्तित्व अनुकरणीय’

पोखरा, ७ साउन/विश्वेश्वर प्रसाद कोईरालाको राजनीतिक र साहित्यिक दुबै व्यक्तित्व अनुकरणीय र प्रेरणदायी भएकोमा जोड दिईएको छ । नेपाली लेखक संघ कास्कीले ३१औं वि. पि. स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको विचार गोष्ठीका बक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईले बि. पि.को योगदान अविष्मरणीय र अनुकरणीय भएको बताउनुभयो । उहाँले भन्नुभयो े–‘राजनीति र साहित्य दुबै क्षेत्रमा उहाँको तुलना कोहीसँग हुन सक्दैन ।’गोष्ठीमा ‘राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जननायक वी. पी. कोईराला’ शिर्षकमा कार्यपत्र पेश गर्दै प्रा. डा. यज्ञप्रसाद अधिकारीले वी. पी.ले राष्ट्रियताको केन्द्रविन्दु जनता मानेको बताउनुभयो । उहाँले भन्नुभयो े–‘कोईराला राष्ट्रिय स्वाधिनता र लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व हुन ।’

वी. पी.का उपन्यासको वैचारिक आयाम’ नाममा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. कुमारप्रसाद कोईरालाले विपिलाई फ्रायडवादी कथाकार÷उपन्यासकार मात्र मान्नु तर्कसंगत नहुने विचार राख्नुभयो । उहाँले भन्नुभयो े–‘पूर्विय आत्यात्मिक दृष्टि र पाश्चात्य दर्शन दुबैको प्रयोग र चित्रण उनका सिर्जनामा पाईन्छ ।’

गोष्ठीमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अहिलेको राजनीतिक संक्रमणमा विपीका विचारको सार्थकता अझ बढेको दाबी गर्नुभयो । विपिका विचार र दर्शनको प्रभावकारिता भए पनि प्रजातान्त्रिक विचारमा आस्था राख्नेहरुको जनमत कमजोर हुनु चिन्तजनक भएको उहाँको भनाई थियो ।
सो अवसरमा रीता कँडेलले ‘कथाकार विश्वेश्वरप्रसाद कोईरालाको कथायात्रा र कथात्मक प्रवृत्ति’ शीर्षकमा कार्यपत्र पेश गर्नुभएको थियो । नेपाली कांग्रेसले मार्गदर्शक सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रतिपादक विपीको जन्म वि. स. १९७१ र मृत्यु वि. स. २०३९ साउन ६ गते भएको थियो ।
 

कमेन्टहरु
Loading...