३२ औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण

पोखरा, ७ साउन/३२ औँ विपी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस लेखनाथ नगर समितिले आज लेखनाथ नगरपालिका वडा नं. १३ लामेआहारमा रहेको राधाकृष्ण वृद्धाश्रम परिसरमा वृक्षारोपण गरेकोे छ ।
आश्रम परिसरमा वृक्षारोपण गर्दै नेपाल काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि रामशरण महतले विकासका लागि दलगत स्वार्थ भन्दा माथि उठि सहकार्यमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगल, काँग्रेस कास्कीक सभापति यज्ञबहादुर थापा, कास्की क्षेत्र नं. १ का सभापति बुद्धमान गुरुङ, उपाध्यक्ष डम्बर बहादुर थापा र सचिव प्रेम श्रेष्ठले वृक्षारोपणको महत्व र उपयोगीताको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...