नेपाली कफीलाई विश्वभर चिनाउने अभियान

६ साउन, काठमाण्डौं । नेपाली कफीलाई विश्वभर चिनाउने अभियानअन्तर्गत नर्वे, दक्षिण कोरिया र हङकङमा नेपाली कफीको प्रतीक चिन्ह (लोगो) दर्ता गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र कफी व्यवसायी महासंघको पहलमा पहिलो चरणमा तीन देशमा लोगो दर्ता भएको हो । coffee‘सम्बन्धित देशका सरकारले औपचारिक रुपमा मान्यता दिएपछि नेपाल कफीको प्रतीक चिह्न प्रचलनमा आएको छ,’ महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले भने, ‘आगामी ६ महिनाभित्र अमेरिका, जापान, सिंगापुर, क्यानडा, स्विट्जरल्यान्डलगायतका सात देशमा पनि नेपाली कफीको प्रतीक चिहृन दर्ता गरिसक्ने गरी काम भइरहेको छ ।’ लोगो दर्तासँगै नेपाली कफी निर्यात थप सहज हुने व्यवसायीको ठहर छ । यसअघि नेपालमै तीन बर्षअघि उद्योग विभागमा ‘नेपाल कफी’ को लोगो दर्ता गरिएको थियो ।

लामो समयको निरन्तर प्रयासपछि तीन देशमा लोगो दर्ता गर्न सफल भएको महासंघले जनाएको खबर कारोबारदैनिकले छापेको छ । नेपाली कफीलाई विश्वबजारमा चिनाउने अभियनका रुपमा लोगो दर्तालाई लिइएको छ । लोगो दर्ता प्रक्रियामा रहेका देशले पनि नेपाली कफीको लोगोलाई औपचारिक मान्यता दिएपछि नेपालको कफीको बजारीकरण गर्न सहज हुने भएकाले लोगो दर्ता कफी निर्यातमा कोसेढुंगा भएको अध्यक्ष भण्डारी बताउँछन् । नेपाली कफी प्रांगरिक हुने भएकाले पनि विश्वमा यसको माग बढी छ । १० देशमा कफीको लोगो दर्ता र प्रचारप्रसारका लागि १ करोड २१ लाख रुपैयाँ खर्च हुनेछ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...