जिल्ला सदरमुकाम गोरखाबाट १८ कोष उत्तरमा रहेको बारपाक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रोशन सिंहलाई स्थानीय युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गर्दा स्थानीयवासीले पक्रेर प्रहरीको जिम्मा लगाएका छन्।

आफ्ना चेलीबेटीमाथि प्रहरीले गलत धारणा राखेको भन्दै स्थानीयवासीले पुरानो हेल्थपोष्टमा रहेको प्रहरी चौकीमा नाराबाजी गरेका थिए। घटनापछि प्रहरी निरीक्षक खुमबहादुर भुसालको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। प्रहरी जवानले अनैतिककार्य गरेको पाइएमा कारबाही गर्ने उनले बताए। रासस
– See more at: http://setopati.com/samaj/2605/#sthash.3yByeTeh.dpuf