कैदी पाल्न ५५ करोड !

६ साउन, काठमाण्डौं । विभिन्न अपराधमा जेल परेका कैदी-बन्दी पाल्न सरकारको खर्च हरेक बर्ष बढ्दै गएको छ । जेल पर्ने व्यक्तिको संख्या बढेसँगै खर्च पनि बढेको हो ।आव ०६९/७० मा सरकारले कैदी-बन्दीका लागि मात्र ५५ करोड रुपैयाँ खर्च गरेको छ । यो अघिल्लो आवको तुलनामा झन्डै आठ करोड रुपैयाँ बढी हो ।

कारागार व्यवस्था विभागका अनुसार हाल देशभरका जेलमा करिब १५ हजार पाँच सय कैदी-बन्दी छन्, जुन संख्या गत वर्षको तुलनामा करिब एक हजार बढी हो ।

‘अपराधमा जेल पर्नेमा संख्या हरेक बर्ष बढेसँगै उनीहरुलाई पाल्न राज्यको भार पनि बढ्दै गएको छ,’ कारागार व्यवस्था विभागका निर्देशक कमलकान्त रेग्मीले भने । जेल पर्ने व्यक्ति बढ्दै गएपछि खर्च पुर्‍याउन गाह्रो हुँदै गएको उनको भनाई छ ।

५५ करोड रुपैयाँ सिदा, भत्ता, कपडा र औषधोपचारमा मात्र खर्च हुने रकम हो । यसबाहेक प्रशासन तथा प्रहरीका लागि पनि करोडौ रुपैयाँ खर्च हुने गरेको नयाँ पत्रिकामा खबर छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...