बोलबम मोटरसाइकल ¥याली सम्पन्न

पोखरा, ६ साउन/केदारेश्वर महादेवमणि संरक्षण समिति बैदामको आयोजनामा शनिबार पोखरामा मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । विगतका वर्षमा झै यस वर्ष पनि समितिले आयोजना गर्ने बोलबम जलयात्राको प्रचारका लागि पोखराका विभिन्न भागमा मोटरसाइकल ¥याली प्रदर्शन गरिएको ¥याली संयोजक हरि आचार्यले जनाए ।
बोलबमधाम केदारेश्वर महादेवमणि मन्दिरको मूलद्वारबाट बिहान सुरु मोटरसाइकल ¥यालीले क्याम्पिङचोक, पस्र्याङ, हरिचोक, गाइघाट, बगर, ट्याक्सीचोक, विन्ध्यबासिनी, नालाकोमुख, महेन्द्रपुल, हस्पिटलचोक, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, सिर्जनाचोक, रत्नचोक, एयरपोर्ट, मुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैकचोकको परिक्रमा गरेको थियो ।
मन्दिर द्वारअघि पुगेर समापन भएको ¥यालीपछि बोल्दै केदारेश्वर महादेवमणि संरक्षण समितिका अध्यक्ष सूर्यनाथ अधिकारीले सम्पूर्ण भक्तजनलाई यस वर्ष पनि बोलबम जलयात्रा कार्यक्रममा सहभागीता जनाई सफल पार्न आग्रह गरे ।

११ औ संस्करणको बोलबम शिवपथ जलयात्राको आवश्यक सम्पूर्ण तयारी पूरा भएको संयोजक शंकर खरालले जनाए । भक्तजनहरुले गाईघाटमा एक सय आठ धारा स्नान गरी, आठ किलोमिटरको पैदलयात्रा गरी केदारेश्वर मन्दिरमा पुगेर एक सय आठ वटा शिवलिङ्गमा जल चढाउन सक्नेछन् ।  केदारेश्वर मन्दिरमा साउनका सोमबार जल चढाउनका लागि अघिल्लो वर्ष थप एक सय आठ वटा शिवलिङ्ग स्थापना गरिएको थियो ।

कमेन्टहरु
Loading...