कास्की क्षेत्र नं ३ मा उम्मेदवार चयनमा एमालेमा विवाद, सांसद ओलीको आपत्ति

रञ्जन अधिकारी पोखरा, १८ असोज /मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक पार्टीहरुले आफ्ना तर्फबाट उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेका छन् । कास्कीमा पनि धमाधम केन्द्रमा उम्मेदवार सिफारिस गर्न पार्टीका नेताहरु व्यस्त रहेका छन् ।

नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि कास्की क्षेत्र नम्बर १ बाट खगराज अधिकारीलाई सर्वसम्मत सिफारिस गर्दा अन्य क्षेत्रमा नामहरु सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्न समेत विवाद देखापरेको छ ।

एमाले क्षेत्र नम्बर १ को मंगलबार भएको भेलाले पूर्व स्वास्थ्य मन्त्री तथा एमाले सल्लाहकार परिषदका केन्द्रीय उपाध्यक्ष अधिकारीलाई कास्की क्षेत्र नम्बर १ को उम्मेद्वार बनाउन सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरेको हो ।

कास्की क्षेत्र नम्बर ३ बाट भने विवादका बिच जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम केन्द्रसमक्ष सिफारिस भएको छ । सांसद सीता गिरी ओलीले आफ्नो असहमतिका बाबजुद मतदानबाट नाम टुंगाएको भन्दै आपत्ति जनाएकी छिन् । उनले आफू निर्वाचन प्रक्रियामा सहभागी नभएको बताएकी छन् ।

क्षेत्र नं ३ बाट बैकल्पिक पोलिटब्युरो सदस्य विश्वकर्मा र बास्तोला सर्वसम्मत चयन भए । खुल्लातर्फ दुई र महिलातर्फ एक जनाको नाम सर्वसम्मत सिफारिस गरी पठाउनु भन्ने केन्द्रको निर्देशन बमोजिम महिलातर्फ केन्द्रिय सदस्य समेत रहेकी सांसद ओली र कोईराला आकांक्षी बनेपछि नाम सिफारिस बनाउन कठिन भयो । त्यसपछि महिला आकांक्षीबीच भोटिङ गर्ने निर्णय भएको थियो । सांसद ओलीले चारै जनाबीच भोटिङ गरी तीन जनाको नाम सिफारिस गर्न माग गरेको जनाईन् ।

उनका अनुसार महिलाबीच मात्र भोटिङ गर्ने निर्णयमा पुगेपछि सांसद ओलीले निवेदन बुझाएर बाहिरिईन् । विकसित केन्द्रिय राजनीतिक घटनाक्रमका कारण प्रक्रिया स्थगित गर्न उनले माग गरेकी थिईन् । तर, ओलीको माग सुनुवाई नगरी दुई महिला बीचमामात्र प्रतिष्पर्धा गराउनका लागि मतदान प्रक्रिया शुरु गरेपछि छनौट प्रक्रियाप्रति बिरोध जनाउँदै बाहिरिएको उनको भनाई छ । सम्पूर्ण अधिकार क्षेत्रीय कमिटिमा हुने भएकाले आकांक्षी त्यहाँ हुनुरनहुनुमा फरक नपर्ने अर्को थरी भनाई छ ।

सांसद ओली दोस्रो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित र केन्द्रिय सदस्य समेत हुन् । माधव नेपाल पक्षका उनलाई रोक्नकै लागि भोटिङ गरिएको नेपाल पक्षधरको बुझाई छ । ओली पक्ष हाबी रहेको यहाँ योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पु¥याएको उनीहरुको ठम्याई छ ।

सांसद ओलीले आफ्नो अनुपस्थितिमा असहमति हुँदाहुँदै गरिएको निर्वाचन कस्तो निर्वाचन हो  भन्दै प्रश्न गरिन् । ओलीले आफूलाई नियोजित रुपमा सिफारिस गर्नबाट रोक्न महिलाको बीचमा मात्र चुनाव गराइएको आरोप लगाएकी छन् । ‘यता छानिरहँदा उता केन्द्रीय माहौल फेरिँदै थियो । त्यसकारण पनि चुनाव स्थगित गरेर सहमतिमा अगाडि बढ्न आग्रह मेरो हो । केन्द्रले पनि भोटिङबाट होईन सहमतिबाट नाम सिफारिस गर भनेको हो । यहाँ त सुरुमै तगारो लगाउने काम भो ।’ ओलीले भनिन्– ‘मैले पार्टी प्रदेश र केन्द्रमा पनि ध्यानाकर्षण गराएकी छु ।’

तीन क्षेत्र रहेको कास्कीमा क्षेत्र नम्बर २ र प्रदेशका लागि भने विहीबारसम्ममा सिफारिस गर्ने तयारी गरिएको एमाले कास्कीले जनाएको छ । यसैबीच, कास्की क्षेत्र नं ३, प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) प्रदेश सभा सदस्यका लागि खुल्ला तर्फ नेकपा एमाले कास्की सचिव दामोदर बैरागी र युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारी तथा महिला देवका पहारी सिफारिस भएका छन् । मज्जाको न्युज डटकममा खबर छ ।

कमेन्टहरु
Loading...