कालिकामा अबैद्य गाँजा नष्ट

पोखरा, ६ साउन/कास्कीको कालिका गा.वि.स मा सामुदायिक सेवा केन्द्र लेखनाथ र अर्घौ कालिका युवा क्लबले आज कालिकामा संयुक्त रुपमा अबैद्य गाँजा फडानी गरेको छ । सामुदायिक सेवा तर्फका प्रहरीको सहयोगमा भएको कार्यक्रममा अबैद्य रुपमा पलाएको र खेती गरिएको गाँजा घर घरमा नै गएर नष्ट गरिएको हो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष शेरबहादुर गुरुङले कालिकामा धेरै परिमाणमा गाँजा नपाएको र यो सकारात्मक कुरा भएको बताउनुभयो ।

त्यस्तै क्लबका सचिव कृष्ण तिमिल्सिनाले विगतमा सामुदायिक सेवा केन्द्रले गरेको कार्यक्रमको स्मरण गर्दै केन्द्रकै प्रभावले गाउँमा गाँजा खेतीमा कमि आएको बताउनुभयो । उहाँले क्लबले समुदायमा रहेर समुदायको लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङ र केन्द्रकै उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी र अर्घौ कालिका युवा क्लबका सचिव कृष्ण तिमिल्सिना र कलबका कोषाध्यक्ष राजेश सुनार दियाली लगायतलको सहभागीता रहेको थियो ।

 

कमेन्टहरु
Loading...