गीताञ्जली साहित्य परिवारको १२८ औँ साधना प्रभात सम्पन्न

पोखरा, ६ साउन/गीताञ्जली साहित्य परिवारको १२८ औँ साधना प्रभात आज गीता मन्दिर पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा तिलक पौडेलबाट स्थापित तुलसी—मुआ अहिल्लया साहित्य प्रतिभा पुरस्कार संस्थामा प्रारम्भ देखि नियमित रुपमा सहभागीता जनाएका बाल कवयित्री तथा गायीकादय गायत्री शर्मा र भक्ति गुरुङलाई नगद र प्रमाणपत्र प्रद्यान गरिएको थियो । पुरस्कार वितरण समारोहमा ३६ जना कवि तथा कवयत्रीले कविता, गजल, लोकगित, कथा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तिलक पौडेल,तिर्थराज अधिकारी, लालमणि पोखरेल, रामनाथ अधिकारी, सावित्री शाही, बसन्त विनोद, विष्णु अल्पविराम, भानुभक्त भण्डारी, दिपेन्द्र पहारी, बसन्त चालिसे, शोभा लामिछाने, गंगाप्रसाद सुवेदी, शेषमणि, रुद्रबहादुर थापा मगर, लक्ष्मी झा, दुण्डीराज ज्ञवाली, लक्ष्मी थापा, प्रतिभा शर्मा, नारायण वास्तोला, घनश्याम शर्मा रेग्मी, धर्मराज पौडेल, ईश्वरमणि अधिकारी, गायत्री शर्मा, काशिनाथ कुमाल, निसा वि.क, सर्वज्ञ श्रेष्ठ, रामभक्त भण्डारी, मुक्ति पराजुली, शोभा आचार्य, शोभाकान्त गौह्रे, लक्ष्मण आचार्य, स्मृति ओझा, शंकर ज्ञवाली लगायतले आ—आफ्ना रचना वाचन गरेका थिए ।

संस्थाका उपाध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लालमणि पोखरेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...