पोखराका पत्रकार केपी शर्माको निधन

पोखरा, १२ असोज /पोखराका पुराना पत्रकार केपी शर्माको निधन भएको छ । उनको पोखरा सिमलचौरमा रहेको घरमा बिहीबार निधन भएको हो ।

केही समय देखी सुगरले विरामी परेका उनको पोखरा र काठमाडौमा उपचार भएका थियो । केही दिन अगाडी पोखरा आएर घरमा नै आराम गरिरहेका शर्माको बिहीकार १२ः१० मा निवासमै निधन भएको हो ।

उनको बिहीबार नै अन्त्यस्टी गर्ने तयारी रहेको परिवारले जानकारी दिएको छ । उनी हिमदुत राष्टिय दैनिकका पुर्व सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ कास्कीका सदस्य हुन् ।

कमेन्टहरु
Loading...