सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन, ईतिहास रचिन् मुस्कानले

पोखरा, ५ साउन/४८ जिल्लाका कुल ७ सय ७० प्रतिस्पर्धीलाई पछाडी पार्दै पोखरा १७ विरौटाकी मुस्कान रानाभाटले सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३ को उपाधी हात पारेकी छन् । विग आईकनको चौथो सँस्करणसम्म आईपुग्दा महिला प्रतिस्पर्धीले उपाधी हात पारेको यो नै पहिलो पटक हो । यसअघि पहिलो विग आईकन गगन पुन, दोस्रो सुमन गौतम र तेस्रो नविन काफ्लेले जितेका थिए । चौथो सँस्करणको विग आईकनको उपाधीसंगै मुस्कानले एक लाख पचास हजार रुपैँया बराबरको पियाजियो स्कुटर र बेलायत भ्रमणको मौका पाएकी छन् । sssssssशनिबार पोखरा सभागृहमा भएको भब्य कार्यक्रमको बिचमा प्रमुख अतिथि गायक निमा रुम्बाले विजेताको घोषणा गरेका थिए । विजेतालाई रवी अटोमोबाईल्सका प्रबन्ध निर्देशक टिकाकुमारी गुरुङले स्कुटरको चावी हस्तान्तरण गरेकी थिईन् । चौथो सँस्करणको विग आईकन घोषणा भएसंगै मुस्कानले खुशीको आँशु चुहाईन् । ‘विजेता बन्न पाउँदा म निकै खुशी छु ।’ आईकन भैसकेपछि मुस्कानले प्रतिक्रिया दिईन्–‘म संगै मेरो परिवार, स्कुल, आफन्त र शुभचिन्तकहरुले गरेको अपेक्षा आज आएर पुरा भएको छ ।’ विग आईकन भएसंगै सांगीतिक दुनीयाको यात्रा शुरु भएको उनले सुनाईन् । विग आईकन विजेता मुस्कान अहिले फिस्टेल उच्च माविमा अध्ययन गर्दैछिन् ।

प्रतियोगितामा मिलन गुरुङ फस्ट रनरअप भए भने बागलुङकी लक्ष्मी थापा सेकेन्ड रनरअप भईन् । फस्ट रनरअप गुरुङले ७५ हजार रुपैँया नगद प्राप्त गरे भने सेकेन्ड रनरअप थापाले ५० हजार रुपैँया नगद प्राप्त गरे । ग्राण्ड फिनालेको दिन फाईनलिस्टसंगै प्रतियोगिताका उत्कृष्ट १० को विशेष प्रस्तुती समेत रहेको थियो । प्रतियोगिताकै सबैभन्दा कान्छि प्रतियोगी प्रशान्ती राईको प्रस्तुती कार्यक्रममा विशेष आकर्षणमा परेको थियो । सभागृहहलमा खचाखच भरिएका दर्शकहरुले उनलाई ठुलो हुटिङसहित साथ दिएका थिए । ग्राण्ड फिनालेमा प्रतियोगिताका निर्णायक मध्येका एक विनोद बाँनियाले समेत एउटा गीत प्रस्तुत गरेका थिए ।

ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रुपमा आएका चर्चित गाएक निमा रुम्बाले केन्द्र बाहिर रहेर पनि विग एफएमले सांगीतिक प्रतिभाको खोजीका लागी यति ठुलो मञ्च दिएको भन्दै कृतज्ञ देखिए । ‘संगीत बजार ओरालो लागिरहेको बेला विग एफएमले यत्तिका ठुलो सांगीतिक कार्यक्रमलाई सफल बनाउनु सानो कुरा होईन ।’ उनले भने–‘संगीतका लागी योगदान दिने यस्तै कार्यक्रम हुन सके मात्र सांगीतिक बजारले गति लिन्छ ।’ विग आईकनलाई निरन्तरता दिन उनले विग एफएम टिमलाई आग्रह समेत गरे ।

करिब दुई महिनासम्म चलेको चौथो सँस्करणको विग आईकन सफल बनाउनका लागी सहयोगीहरुलाई एफएमले मायाको चिनो समेत प्रदान गरेको थियो । मायाको चिनो वितरण गर्दै एफएमका अध्यक्ष महेश भण्डारीले सबैको सहयोग अनि सद्भावबाट मात्रै विग आईकन सफल भएको बताए । ‘हामीसंग व्यवसायिक सहकार्य गर्ने व्यवसायिक घराना, मिडिया, स्रोता र सुभेच्छुकहरुको सहयोगबाट मात्र विग आईकनले यति ठुलो सफलता हात पारेको हो ।’ कार्यक्रममा अध्यक्ष भण्डारीले भने–‘आगामी दिनमा पनि सबैजनाबाट यस्तै खालको अपेक्षा गर्दछौँ ।’

चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको थियो भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको थियो । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा रहेको थियो । उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबी अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका थिए । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको थियो । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका थिए । विग आईकनमा रिदम ब्याण्डले अफिसियल ब्याण्ड पार्टनरको रुपमा रहेको थियो ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको थियो । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका थिए । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका थिए भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको थियो । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका थिए ।

कमेन्टहरु
Loading...