एनआरएनए युरोप संयोजकमा डा. बिनय श्रेष्ठको उमेम्दवारी दिने

पोखरा, ७ असोज/जुरिचर गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय संयोजक पदमा स्विटजर ल्यान्डबाट डा. बिनय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका डा. श्रेष्ठले संघको आठौ बिश्व सम्मेलन नजिकै गर्दा उम्मेदवारी घोषणा गरेका हुन् ।

डा. श्रेष्ठ बिगत एक दशक यता संघको अभियानमा सक्रिय रुपमा लागेका छन् । युरोप संयोजक पदमा धेरै आकाक्षींहरु देखिए पनि डा.श्रेष्ठलाई योग्य उम्मेद्वारको रुपमा लिईएको छ । उनले संघका अभियन्ताहरुसँगको लामो छलफल पछि बुधबार एक बिज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

हाल स्वीटजरल्याण्डको जुरिचस्थित क्यान्सर अस्पतालमा रेडिएसन अंकोलोजी विशेषज्ञका रुपमा कार्यरत डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसीसी सदस्यसमेत हुन् । नेपालबाट एमबीबीएस अध्ययन पूरा गरेका श्रेष्ठले स्वीटजरल्याण्डबाट एमडी गर्नुका साथै वायोमेडिकल इञ्जिनिररिङमा स्नातकोत्तर गरेका छन् । विगत १४ वर्षदेखि स्वीटजरल्याण्डमा कार्यरत उनी क्यान्सर रोग विशेषज्ञ हुन् ।

गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्डका संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई कार्यकाल सम्म अध्यक्षको जिम्मेबारी सम्हालेका थिए । उनले संघका बिभिन्न कार्यदलहरुमा समेत जिम्मेबारी पुर्बक भूमिका निर्बाह गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दे डा.श्रेष्ठले बिज्ञप्तिमा लेखेका छन् ‘युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने छु ।’
उनले लाप्राक बस्ती निर्माण, एनआरएन भवन निर्माण तथा संघको भिजन २०–२० लाई तार्किक निष्कर्षमा पु‍र्‍याउन युरोप क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता समेत जनाएका छन् ।

कमेन्टहरु
Loading...