नेवि संघको संगठन विस्तार

पोखरा, २ साउन/नेपाल विद्यार्थी संघ कास्कीले क्षेत्र नं. ४ ले संगठन विस्तार गर्ने क्रममा हेम्जाको गैरीशंकर बहुमुखी क्याम्पस र गौरशंकर उच्च माविमा संगठन विस्तार गरेको छ । जहाँ विद्यालय त्यहाँ नेवि संघ, जहाँ विद्यार्थी त्यहाँ संगठन भन्ने मुल नाराका साथ लक्ष्मी त्रिपाठीको सभापतित्वमामा ७१ सदस्यीय समिति श्री गौरीशंकर बहुमुखी क्याम्पसमा विस्तार गरेको छ ।

जसको उपसभापतिमा विष्णुमाया अधिकारी, सचिव सावित्री खड्का, कोषाध्यक्ष बबिता त्रिपाठी, सह—सचिव सुरेश भण्डारी र शिक्षा पौडेल, सदस्यहरुमा राममाया पौडेल, प्रमिला पौडेल, नम्रता तिमिल्सिना, शान्ति तामाङ, विजय कार्की, प्रशान्त छन्त्याल, अजित वि.क, क्षितिज पौडेल रहेका छन् । त्यस्तै गौरी शंकर उच्च माविमा ईश्वर त्रिपाठीको सभापतित्वमा १०१ सदस्यीय समिति विस्तार गरेको छ ।

जसको उपसभापतिमा हेमन्त खड्का, सचिव सुनिता अधिकारी, सह—सचिव निलम वि.कं. कोषाध्यक्ष रविसागर छन्त्याल, सदस्यहरु विष्णु बुढाथोकी, रोशन दवाडी, निशा गुरुङ, विमल कुवँर, विष्णु थापा, अञ्जना थापा, प्रशान्त सापकोटा, सुज्जन पुन मगर, विनोद वि.कं., जानकी पौडेल, विजय राना, पुजा खड्का रहेका छन् ।

कमेन्टहरु
Loading...