नेपालमा लगानी गर्ने १० विदेशीलाई पाँचवर्षे भिषा

नविन अर्याल

२ असार, काठमाडौं । सरकारले भारतसँग बिप्पा सम्झौता गरेर आर्थिक वर्ष ०६९/०७० लाई लगानी वर्ष घोषणा गरे पनि प्रयाप्त विदेशी लगानी भित्रिन सकेन । उक्त अवधिमा ३ सय १२ विदेशी उद्योगले १४ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ लगानी गर्ने उद्योग विभागबाट स्वीकृति लिएका छन् । यो वर्ष ९ सय ८२ उद्योगहरुको सिफारिसमा २३ सय ७३ विदेशीले व्यवसायिक भिषा लिएका छन् ।

आव ०६९/०७० को पहिलो महिना गत साउनमा २५ वटा उद्योगले ७ करोड ६२ लाख ३० हजार रुपैयाँ लगानी गर्न स्वीकृति लिएका थिए । त्यस्तै, भदौमा २९ वटा उद्योगले ११ करोड ९१ लाख ४० हजार, असोज महिनामा ४३ उद्योगले २४ करोड ९० लाख ७० हजार लगानीका लागि नेपाल सरकारसँग स्वीकृति लिएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

त्यसैगरी गत साल कार्त्तिकमा १४ वटा उद्योगले ७५ करोड २३ लाख रुपैयाँ मंसिरमा १३ वटा उद्योगले ९ करोड ३० लाख लागनी गर्ने स्वीकृति लिएका छन् । त्यस्तै पुसमा २६ उद्योगले २५ करोड ८ लाख ८० हजार रुपैयाँ लगानीको स्वीकृति लिएका छन् भने माघमा २० उद्योगले ८६ हजार २५ लाख लागनीको स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी गत फागुनमा ११ वटा उद्योगले ७ करोड ९ लाख ५० हजार र चैतमा २८ उद्योगले ६ अर्ब ५ करोड ८९ लाख लगानीका लागि अनुमति लिएका छन् । गत बैशाखमा ३४ उद्योगले ३ अर्ब ५४ करोड ७२ लाख ५० हजार, जेठमा ४३ उद्योगले १ अर्ब ५४ करोड ३६ लाख १० हजार र असार महिनामा २६ वटा उद्योगले ७ करोड ४५ लाख ७ हजार रुपैयाँ विदेशी लगानी गर्ने स्वीकृति लिएको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागमा दर्ता भएका ३ सय १२ विदेशी उद्योगको कुल पुँजी २१ अर्ब ८९ करोड ८ हजार रुपैयाँ रहेको छ । विदेशी लगानीकर्ताबाट सञ्चालित भए पनि स्वदेशी लगानीकर्ताको ७ अर्ब ५२ करोड ११ लाख ८० हजार रुपैयाँ लगानी रहने छ । त्यस्तै, उद्योगहरुको चालु पुँजी ५२ अर्ब ९६ करोड ६८ लाख ८० हजार रुपैयाँ रहेको छ भने स्थिर पुँजी २८ अर्ब १४ करोड २२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

१८ हजारलाई रोजगारी

दर्ता भएका विदेशी उद्योगहरुले १८ हजार १ सय ७४ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । सफ्टवेयर, रेष्टुरेन्ट, अर्गानिक उत्पादन, फ्रुट्स एण्ड भेजिटेबल, भाषा प्रशिक्षण, होटल, कार्गो, जलविद्युत, वैकल्पिक उर्जा, भोकशनल ट्रेनिङ, सिमेन्ट उद्योग, मेडिकल कलेज लगायतका क्षेत्रमा विदेशी लगानी भित्र्याउन स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ ।

हजारौं विदेशीलाई भिषा सिफारिस

गत आर्थिक वर्षमा उद्योग विभागमा गैरपर्यटक भिषा सिफारिस गर्ने उद्योग संख्या ६४ रहेको छ भने गैर पर्यटक भिषा सिफारिस गरिएका व्यक्तिको संख्या २ सय ३५ रहेको छ । उद्योग विभागका अनुसार व्यवसायिक भिषा सिफारिस उद्योग संख्या ९ सय ८२ रहेको छ भने व्यवसायिक भिषा सिफारिस व्यक्तिको संख्या २ हजार ३ सय ७३ रहेको छ । विभागले अहिलेसम्म ७ वटा उद्योगमा १० जनालाई मात्र ५ वर्षे व्यवसायिक भिषा सिफारिस गरेको जनाएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...