बैद्यलाई चिठी पठाउने चारदलको निर्णय, ३३ दलमा किचलो

२ साउन, काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा बुधबार बिहान बसेको चार दलीय उच्चस्तरीय संयन्त्रको बैठकले वार्ताका लागि मोहन वैद्य नेतृत्वको नेकपा- माओवादी लगायतका दलहरुलाई औपचारिक पत्र लेख्ने निर्णय गरेको छ । mohan baidyaआन्दोलनरत दलहरुले औपचारिक पत्रको प्रतिक्षा गरेको चार दलका नेताहरुको बुझाइ रहे पनि उता वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा वार्तामा जाने कि नजाने भन्नेमा विवाद चर्केको छ ।

चार दलको बैठकले संविधानसभाको निर्वाचनमा सहभागी गराउन र यसका लागि वार्ताको टेबलमा आउन वैद्य नेतृत्वको माओवादीलाई लिखित आग्रह गर्ने निर्णय गर्नुका साथै आगामी १ वर्षभित्र संविधान लेखिसक्ने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् । बुधबार बिहान ८ बजे एमाओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैवीच सरकारसँग वार्ताका लागि मोहन वैद्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको माओवादीभित्र आन्तरिक समस्या उत्पन्न भएको छ । आफूहरुसँग कुनै सल्लाह नगरी वार्ता टोली गठन गरेको भन्दै ३३ दलभित्रका अन्य घटकले माओवादीको आलोचना गरेका छन् । यसैक्रममा बसेको ३३ दलीय मोर्चाको बैठकले पाँच सदस्यीय वार्ता टोलीमा अन्य दलका नेतालाई पनि थप्ने सहमति गरेका छन् । ३३ दललाई नै वार्तामा नबोलाइए आफूहरुमात्रै एक्लै वार्ता नगर्ने माओवादीले आफ्नो निर्णय सार्वजनिक गरिसकेको छ । यो स्थितिमा चार दलले पत्र लेख्दैमा वैद्यपक्ष वार्तामा बस्छ या बस्दैन भन्ने अहिल्यै स्पष्ट भैसकेको छैन । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...