यातायात स्वतन्त्र मजदुरमा प्रेम

पोखरा, २३ भदौ /नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लोड अनलोड ढुवानी इकाईको भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलाले प्रेमबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा सन्तोष परियार,सचिवमा बिक्रम लामा, सहसचिवमा रमेश गुरुङ र कोषाध्यक्षमा तेजबहादुर गुरुङ चयन भएका छन ।

इकाईको सदस्यहरुमा देव कार्की, दानबहादुर सुनार, निशान क्षेत्री, कुमार छिनाल रहेका छन । इकाईको सल्लाहाकारहरुमा टेकबहादुर सुनार, टकबहादुर परियार र वुद्धि परियार रहेका छन ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव विष्णुबहादुर पराजुलीले यातायात मजदुरका समस्याहरु समाधानका लागि संगठन लागि परेको बताए ।

उनले मजदुरहरु संगठित र एकाकार भए माग पुरा गराउन सकिने धारणा राखे । यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष बिष्णुबहादुर खत्री क्षेत्रीले सबैको लागि एक र एकका लागि सबै भन्ने नीति अन्तर्गत मजदुरको सामाजिक सुरक्षामा संगठनले ध्यान दिएको बताए ।

कमेन्टहरु
Loading...