‘फेसलुक’ लाई ‘फेसबुक’ले मुद्दा हाल्ने

दुबइमा फेसलुक भन्ने नाम राखेर एक हेयर ड्रेसर सैलुन खुलेपछि कपाल काट्नेहरुलाई त राम्रै भयो तर फेसबुकलाई भने उठ्नु रिस उठेको छ । रिस मात्र होइन फेसबुकले त्यो फेसलुक विरुद्ध मुद्दा समेल हाल्ने तयारी गरेको छ ।

facelook

एक अरब प्रयोगकर्ता रहेको विश्वको नम्बर वन सामाजिक संजाल फेसबुकले नाथे एउटा कपाल काट्ने सैलुन विरुद्ध आखिर किन मुद्दा हाल्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । वास्तवमा त्यो सैलुनले आफ्नो जस्तै नाम मात्र होइन लोगो समेत चोरेको भन्दै फेसबुकले मुद्दा हाल्न सोँच बनाएको हो ।

यो पुरुष सैलुनको बाहिर ठूलो बोर्डमा निलो पृष्ठभूमिमा सेता अंग्रेजी अक्षरमा फेसलुक लेखिएको छ जुन झ्वाट्ट हेर्दा फेसबुक भन्ने जस्तै देखिन्छ ।

facebook

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको फेसबुकले दुबइको त्यो हेयर सैलुनले आफ्नो बौद्धिक सम्पत्ति उल्लंघन गरे नगरेको विषयमा अनुसन्धान गरिरहेको र यदि बौद्धिक सम्पत्ति उल्लंघन भएको निष्कर्षमा पुगिएमा त्यो सैलुन विरुद्द कानूनी उपचारको बाटो रोज्ने तयारी गरिरहेको बताइएको छ ।

तर फेसलुकका संचालकले भने आफ्नो सैलुनको नाम फेसबुकसँग मिल्दो देखिनु केवल संयोगमात्र रहेको दाबी गरेका छन् । आफ्नो नाम बताउन नचाहेका ती संचालकले आफुले युएइको श्रम कानूनको आधारमा देशमा आफ्नो सैलुनको नाम वैधानिक रुपमा दर्ता ग्ाराएको दाबी गरे । आफ्नो कम्पनीको लोगो र नामको ढाँचा फेसबुकको भन्दा रंग र फन्टमा फरक रहेको उनको भनाइ छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...