बुद्धचोक महिला समूहद्धारा पोखरा वृद्धाश्रममा खाना तथा नगद सहयोग

पोखरा, २२ भदौ /पोखरा लेखनाथ महानगर पालिका वडा नं. १० बुद्धचोकमा रहेर समाज विकासमा सक्रिय बुद्धचोक महिला समूहले सोह्र श्राद्धको अवसर पारेर पोखरा वृद्धाश्रम सिता पाइलामा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै नगद सहयोग गरेका छन् ।

बुद्धचोक महिला समूहका अध्यक्ष सरीता कार्कीको अध्क्षयतामा भएको कार्यक्रममा पोखरा वृद्धाश्रमका अध्यक्ष टिकाराम भण्डारीले महिला समूहले गरेको सहयोगको उच्च प्रशंसा गरे । उनले सबै पोखरेलीले यसरी नै पोखरा वृद्धाश्रममा रहेका बाबा आमाहरुलाई सहयोग गरेको खण्डमा बाबा आमाको मन पनि आन्नीदत हुने बताए ।

समूहले भर्खरै मात्रै मनाएको तीजको दरखाने कार्यक्रमबाट बचाएको रकम पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाएको जनाएको छ । उनीहरुले नगद ८ हजार ५ सय सहयोग समेत गरेका छन् । समूहकी अध्यक्ष सरिता कार्कीले सामाजिक क्षेत्रमा कार्य गर्दै आएको आफ्नो समूहले पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने सबैको सुझावबाट अवसर जुरेको बताईन् ।

कमेन्टहरु
Loading...