बाबुरामको मत भन्दा कम मतदाता

baburam bhattarai२ साउन, गोरखा । एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा उनले अघिल्लो चुनावमा ल्याएको मतभन्दा पनि कम मतदाता देखिएका छन् । यस पटक फोटोसहितको मतदाता नामावली संकलनमा यस्तो तथ्य पाइएको हो ।

अघिल्लो संविधानसभा चुनावमा भट्टराईले जितेको गोरखा क्षेत्र नम्बर २ मा यसपटक ४३ हजार आठ सय २२ जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अघिल्लो चुनावमा भट्टराईले ४६ हजार दुईसय ७२ मत ल्याएका थिए ।

उक्त क्षेत्रमा अघिल्लो चुनावका तुलनामा ४२ हजारभन्दा बढी मतदाता घटेका हुन् । २० गाविस रहेको उक्त क्षेत्रमा अघिल्लो पटक ८५ हजार दुईसय ४३ मतदाता थिए । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ५७ हजार नौ सय पाँच मत खसेको थियो । त्यतिबेला भट्टराईले सबैभन्दा बढी मत अन्तरले चुनाव जितेका थिए । त्यसपटक उनले ल्याएको मतभन्दा यसपटक दर्ता भएका मतदाता दुई हजार कम रहेको अन्नपूर्ण पोष्टमा खबर छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...