नेपालका पाँचवटा गाविसमात्रै साक्षर !

२ साउन, कपिलवस्तु । निरक्षरता उन्मुलनका लागि बर्सेनि करोडौं रुपैयाँ लगानी हुँदै आए पनि अहिलेसम्म देशभरिमा जम्माजम्मी पाँचवटा गाउँ विकास समितिमात्रै साक्षर गाविस घोषणा भएका छन् ।

साक्षर गाविस घोषणा गरिएका ती पाँचवटा गाविसमा सबै जना साक्षर छैनन् । रोजगारीका लागि बाहिरिएका, भारत गएका, आँखा कम देख्ने, लेख्दा हात काम्ने, बिरामीलगायतका व्यक्ति बाहेक ९५ प्रतिशत भन्दा बढी साक्षर भएपछि साक्षर गाविस घोषणा गरिएका हुन् । हालसम्म कपिलबस्तुको बुड्डी गविस र हतौसा गाविस तथा चितवनको गीतानगर, शिवनगर र शारदानगर गाविसलाई साक्षर घोषणा गरिएको छ ।

सरकारले बितेको पाँच बर्षमा साक्षरता अभियानका लागि भनेर चार अर्ब नौ करोड २९ लाख रुपैयाँ खर्च गरिसकेको छ । यस अवधिमा झन्डै साढे ४६ लाख व्यक्तिलाई साक्षर बनाइएको दाबी गरिएको खबर बुधबार प्रकाशित गोरखापत्रदैनिकमा खबर छ ।

सरकारले आर्थिक बर्ष २०६५/६६ मा दुई बर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनेर अभियान सञ्चालन गरेको थियो । cp . onlinekhabar.com

कमेन्टहरु
Loading...