अनेरास्ववियुको भूगोल कमिटीको सहयोग सर्लाहीका बाढी पिडितलाई

पोखरा, १९ भदौ /अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले बाढी पिडितहरुको लागि संकलित राहात शनिबार सर्लाहीको हरिऔन पठाएको छ ।

कास्कीका अध्यक्ष शेखर गौतमले ५० हजार रुपैयाँ बरावरको लत्ता कपडा केन्द्रीय सदस्य तथा कास्कीका प्रतिनिधी भरतमान गुरुङलाई हस्तान्तरण गरेको जिल्ला सदस्य सुदर्शन अधिकारीले जानकारी दिए ।

अनेरास्ववियुले यस भन्दा अगाडी माछापुच्छे« गाउँ पालिका रिभानका बाढी पिडितहरुका आश्रित छोरा छोरीलाई २५ हजार रुपैयाँ बरावरको पुस्तक, कापी र कलम वितरण गरेको थियो ।

अनेरास्ववियु कास्कीले न्युन आय भएका २ घर परिवारलाई ‘अखिल आवास’ निर्माण गर्ने जिल्ला सदस्य एलिना पुरिले जानकारी दिइन ।

कमेन्टहरु
Loading...