पोखरा, ६ भदौ / लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीको आयोजनामा पोखरा लेखनाथ महानगरपालिका २९ स्थित नर्वदेश्वरमोक्ष आश्रम धाममा वृक्षरोपण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कपुर, धुपी, तेजपत्ता लगायत विभिन्न प्रजातिका १ सय भन्दा बढी विरुवा रोपिएको क्लबका संस्थापक अध्यक्ष जोन चियरपर्सन डोलराज पोखरेलले जानकारी दिए ।
कार्यक्रमका रिजन चियरपर्सन पृथ्वीराज तिमिल्सिनाले र क्लबका प्रथम उपाध्यक्ष हर्कबहादुर अधिकारीले आश्रमका लागि जनही ५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।
क्लबका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविन्द्रराज आचार्य, डिष्ट्रिक्टका ट्रिप्लान्टेसन कमिटिका कोचियरपर्सन रुद्र केसी, क्लबका सचिव राजु देवकोटा लगायतले बोलेका थिए ।