अनेरास्ववियु कास्की क्षेत्र न ४ को हाजिरीजवाफ प्रतियोगिता तीन शिक्षक सम्मानित

पोखरा, ३२ साउन /अनेरास्ववियु कास्की क्षेत्र न ४ ले बिगत पाँच वर्ष अघि देखी सुरु गरेको माध्यमिक तहगत क्षेत्र न ४ स्तरीय हाजिरिजवाफ प्रतियोगिताको पाँचौ सस्करण सम्पन्न गरेको छ । कमिटिका कार्यवाहक अध्यक्ष्य बलराम गौतमको संयोजनमा भएको कार्यक्रम अनेरास्ववियु केन्द्रीय सदस्य भारतमान कोने गुरुङले उद्घाटन गरे ।

कार्यक्रममा तीन जना शिक्षा सेबीहरु शिब प्रसाद कोइराला , सुनिल गौतम ,अशोक अधिकारिलार्इ सम्मान समेत गरिएको थियो । पाँचौ सस्करणको हाजिरिजवाफ प्रतियोगिताबाट स्नो भ्यु बोर्डिंग स्कुल प्रथम भएको छ । ढिकुरपोखरीको सृजना सामुदायिक माबी दोस्रो ,स्नो भ्यु बाल क्लब तेस्रो तथा हेम्जा बोर्डिंग स्कुल सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ ।

कार्यक्रममा अनेरास्ववियु भूगोल जिल्ला अध्यक्ष शेखर गौतम , जिल्ला उपाध्यक्ष लक्ष्मण तिमिल्सिना , राष्टिय जनसास्कृतिक महासंघ जिल्ला अध्यक्ष कृष्ण भण्डारी , जिल्ला सहसचिव संजय पौडेल ,सचिवालय सदस्य एवं महानगर संयोजक बिबेक त्रिपाठी,क्षेत्रीय इन्चार्ज माधव गौताम , त्रीबी जिल्ला सदस्य पवन काजि अधिकारि , अम्बिका लम्साल , अनिल पौडेल , प्रतिज्ञा रेग्मी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव गङ्गा देवकोटाले गरेकी थिइन ।

कमेन्टहरु
Loading...