पोखरामा १ लाख ६८ हजार सहित जुवा खेल्ने ७ जना पक्राउ

पोखरा, ३१ साउन/पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ फुलबारी स्थित दुर्गा बहादुर पुन घरमा जुवातास खल्दै गरेका ७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अबस्थामा ४ बुक तास सहित नगद १ लाख ६८ हजार ७ सय ३५ रुपैया सहित प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रक्राउ पर्नेमा पोखरा लेखनाथ ११ का ५८ दुर्गा बहादुर पुन, भविशा पुन, ३५ बर्षिय कृष्ण पुन, बर्ष ३२ वर्षिय रामचन्द्र पुन, ३४ वर्षिय कमल पुन, ५२ बर्षकी शिसामति घर्ति मगर र पोखरा लेखनाथ ३३ का ३३ बर्षिय चन्द्र थापा रहेका छन् ।

कमेन्टहरु
Loading...