हिमचुली एफएमले तीज गीत प्रतियोगिता गर्ने

पोखरा, २६ साउन /हिमचुली एफएमको तीज गीत प्रतियोगिता गर्ने भएको छ । सामुदायीक रेडियो हिमचुली एफएम ९२.२को तीज गित प्रतियोगिताको गर्ने भएको हो ।

भदौ ३ गते हुने तीज गित प्रतियोगिताको लागि प्रारम्भिक तयारी शुरु भएको मूल व्यवस्थापन समितिका संयोजक अम्बर गुरुङले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम समुहले नगद १० हजार, र प्रमाणपत्र, द्धितिय समुहले ६ हजार पांचसय र प्रमाणपत्र, तृतिय समुहलाइ ४ हजार पांच सय र प्रमाणपत्र र सान्त्वाना पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितमा दर्सक तथा स्रोता गरेर २ लाख भन्दा बढि सहभागि हुने र २५ समुह भन्दा बढिले सहभागित जनाउन सक्ने छन । निःशुल्क समुह दर्ता गर्न सकिने कार्यक्रम संयोजक ऋषिराम दाहालले जानकारी दिए ।

कमेन्टहरु
Loading...