७५ वर्षिया बृद्धा प्रशासन धाउदै, पहिरो पिडित अभै सम्म पनि पिडित

सागर राज तिमिल्सिना
पोखरा, ३१ असार/उमेरले ७ दशक काटिसक्यो तर अहिले सम्म आफु बस्दै आएको घर, जग्गाको लालपुर्जा छैन । त्यसैले जिल्ला प्रशासन कार्यालय कास्कीमा बेला बेलामा धाउदै आएकी छन् पोखरा १८ खाल्टे मसिनाकी मंगश्री तामाङ्ग । आफु बस्दै आएको घर, जग्गा र आफन्त नै पहिरोले तामाङ्गको सबै गुमाए पछि पोखरा १८ खाल्टेमसिनामा बस्दै आएकी छन् ।

विक्रम सम्वत २०३३ साल जेठ २२ गते विहान करिब ६ बजे तिर कास्कीको भगवतीटार गाविसको खरखरमा आएको पहिरोले उनको सबै उठिबास लगाएको थियो । सरकारले पहिरो पिडितहरुलाई पोखरा १८ मा सरे पनि अहिले सम्म धेरैलाई लालपुर्जा दिन नसक्दा ७५ वर्षिया मंगश्री तामाङ्ग मात्र नभएर अन्य पनि प्रशासन कार्यालय धाउदै आएका छन् । पहिरोले १ सय ७३ जनाको ज्यान लिएका थियो भने २ सय ७१ घर विस्थापीत भएको विस्थापीत मध्यका एक बैन बहादुर गुरुङ्गले बताए ।

उनले विस्थापीत मध्ये करिब ६४ घर परिवारलाई कैलालीमा बसोबास मिलाएको बताउदै अन्यलाई पोखरा १८ खाल्टे मसिना, छिनेडाडाँ लगाएका ठाउँमा बसोबासको चाजो पाजो सरकारले मिलाएको थियो । तर अहिले सम्म जग्गाधनी पुुर्जा नदिदा उनिलाई पिडामाथी पिडा थपिएको गुरुङ्गले बताए । विस्थापीतले भोग्चलान गर्दै आएको जग्गा अन्य व्यक्तिले नै लालपुर्जा समेत लिइसकेका छन् ।

भगवतीटारका पहिरो पिडितहरुले सोमबार जिल्ला प्रशासन कार्यलयमा धर्ना समेत दिएका थिए । उनिहरुलाई सरकारले ८ रोपनी जग्गा दिने गरि त्यहाँ बसोबसको व्यवस्था मिलाएको गुरुङ्गले बताए । अहिले १ सय भन्दा बढिले आफुले भोगचलन गर्दै आएको घर जग्गा आफ्नो नाउँमा पाउनु पर्ने उनिहरुको माग छ ।

पहिरो पिडितलाई दिएको जग्गा अर्कैको नाममा दर्ता भए पछि बेला बेलामा दुई पक्ष विच झडप समेत हुने गरेको उनिहरु बताउ छन् । पहिरो पिडितलाई दिएको ३ सय ३ रोपनी मध्ये करिब १ सय ३ रोपनी जग्गा अर्कैले दर्ता गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले बताए । उनले दुबै पक्षलाई राखेर छलफल गरी निणर्य निकाल्ने बताए । समस्या समाधानका लागी पहिलो पटक पटक आयोग बने पनि समस्या समाधन हुन नसकेको कोइरालाको भनाई थियो ।

कमेन्टहरु
Loading...