पोखरामा श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

पोखरा, २३ साउन/पोखरा लेखनाथ महानगरपालिका ८ जाल्पा रोडमा बस्ने एक श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् घाइते भएका छन् ।

३४ की गिता बिकले घरायसि झै झगडा हुँदा श्रीमान ३७ वर्षिय राम बहादुर बिकलाई खुकुरीले टाउकोमा प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन् । घाईते विकको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

सोमबार विहान भएको घटनामा संलग्न गितालाई प्रहरीले प्रक्राउ गरि घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...