ओम डेभलपमेन्ट बैंकको एक वर्षको मुनाफा ४३ करोड

पोखरा, १७ साउन /ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ मा ४३ करोड ३४ लाख खुद मुनाफा गरेको छ । बैंकले १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरेको छ भने कर्जा निक्षेप अनुपात ७५.२३ प्रतिशत निक्षेप तरलता अनुपात २९.०५ प्रतिशत तथा निष्क्रिय कर्जा ०.९० प्रतिशत रहेको छ ।

बैंकको हालको शाखा संख्या ४१ वटा रहेको छ भने नेपाल राष्ट्र बैंकबाट १२ वटा नयाँ शाखा खोल्न स्वीकृती प्राप्त गरिसकेको छ । बैंकले नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) संग ग्राहकहरुलाई भिजा कार्ड बितरण गर्नको लागि सम्झौता गरिसकेको छ ।

बैंकको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले शेयरधनिहरुलाई २३.५ प्रतिशत बोनश शेयर बितरण गर्न सक्ने र ३० प्रतिशत हकप्रद बितरण पछि बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।

कमेन्टहरु
Loading...