घाचोकमा शैक्षिक तथा धार्मिक महोत्सवको तयारी

पोखरा, १५ साउन/कास्कीको माछापुच्छे गाउँपालिका वडा नं ३ साविक घाचोकमा वृहत शैक्षिक तथा धार्मिक महोत्सव आयोजना हुने भएको छ । घाचोकमा रहेका सम्पुर्ण शैक्षिक संस्थाहरुको उन्नयन तथा प्राविधिक शिक्षालय स्थापनाको उदेश्यले कास्की माछापुच्छ«े घाचोक शैक्षिक तथा धार्मिक महोत्सव २०७४ आयोजना गरिन लागेको हो ।

शनिवार आयोजना गरिएको गाउँवासीहरुको भेलाले आउदो मंसिर १५ गतेदेखी २२ गतेसम्म शुक्लागण्डकी माविको प्राङ्गणमा महोत्सव गर्ने तय गरेको हो । शैक्षिक तथा धार्मिक महोत्सवलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि शुक्ला गण्डकी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल पोखरेलको अध्यक्षतामा मुल आयोजक समिति गठन भएको छ । समितिको सह अध्यक्षमा टेकनशोभा गुरुङ, महासचिवमा मौसम कार्की छन् । त्यसैगरि कोषाध्यक्षमा अर्जुन पोखरेल र सह कोषाध्यक्षमा थानेश्वर लम्साल छन् । समितिका वाँकी पदाधिकारी तथा उपसमितिहरुको छिट्टै पूर्ति गरिने महासचिव मौसम कार्कीले जानकारी दिए ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णवहादुर गुरुङले देश विकास र समृद्धिको लागि शिक्षाको महत्वपुर्ण भुमिका हुने भन्दै रोजगारमुलक, गुणस्तरिय तथा व्यवसायिक शिक्षाको विकास गर्नु अहिलेको आवश्यकता रहेको भनाई राखे । पहिलोचोटी आयोजना गर्न लागिएको शैक्षिक तथा धार्मिक महोत्सवको सफलताको लागि गाँउपालिका तथा आफ्नो व्यक्तिगत तर्फवाट समेत पूर्ण सहयोग रहने प्रतिवद्धता अध्यक्ष गुरुङले राखे ।

जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोखरेलले गाउँवासीहरुको सक्रिय साथ र सहयोगवाट महोत्सव सफल हुने हुँदा सवैलाई समेटेर गाउँका शिक्षालयहरुको विकासमा अघि वढ्नु पर्ने विचार व्यक्त गरे । आयोजक समितिका अध्यक्ष रविलाल पोखरेलले महोत्सव आयोजना गर्नु घाचोकवासीको लागि गौरवको विषय रहेको हुँदा जो जहाँ रहेपनि यसलाई सफल वनाएर लक्ष्य प्राप्तिमा अघि वढ्न सवैमा आग्रह गरे ।

कमेन्टहरु
Loading...