पोखरा, १० साउन /सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको परिसरमा रहेको शिव मन्दिरमा शिब बाहन नन्दीको मुर्ति थापना गरिएको छ ।
सोही गणमा कार्यरत सशस्त्र प्रहरी नायब निरिक्षक भिमबहादुर क्षेत्रीले आफनो हजुरबुबा स्वर्गिय नरबहादुर खत्री तथा हजुरआमा मन्धरा खत्रीको स्मृतिमा उक्त मुर्ति थापना गरेका हुन । २५रुपैया हजारको लागतमा बनाइएको उक्त मुर्तिलाई साउन महिनाको दोस्रो सोमबारको अवसर पारी मन्दिर परिसरमा राखिएको क्षेत्रीले जानकारी दिए ।
मन्दिर १ सय बर्ष भन्दा पुरानो रहेको बताइएको छ । उक्त अवसरमा क्षेत्रीका परिवार क्या. देवबहादुर क्षेत्री, देविवती क्षेत्री, भोजराज क्षेत्री, मन्जु क्षेत्री, साबित्री क्षेत्रीले मन्दिरमा बिधिवत पुजा गरि मुर्ति थापना गरेका हुन । अघिल्लो बर्ष सोही परिवारले उक्त मन्दिरमा घण्टी दान गरेका थिए ।