एनआरएन अस्ट्रेलियामा नयाँ नेतृत्व

सिड्नी । गैर आवासिय नेपाली संघ अस्ट्रेलियको शनिवार भएको पाँचौ अधिवेसनले महेन्द्र ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अस्ट्रेलियाका आठवटै राज्यहरुबाट आएका करिव दुई सय प्रतिनिधिहरुमाझ नयाँ कार्यसमितिको घोषणा भएको थियो । संघको संसोधित विधानले गरेको प्रावधान अनुसार प्रत्येक राज्यको प्रतिनिधित्व गर्दै आठ जना उपाध्यक्ष, सचिव भरत पोखरेल कोषाध्यक्ष चुरामणी बेलवासे सह सचिव धर्मराज अधिकारीर सदस्यहरु सहित ५१ सदस्यि नयाँ कार्यसमिति गठन भएको हो । आठ जना उपाध्यक्षहरुमा डा.सिताराम घिमिरे (एसिटी), स्वतन्त्र प्रताप शाह (क्यु एल डी),प्रकाश आचार्य (एन टी), रमेश जोशी (एस ए), प्रदिप ढुङ्गाना (टि ए एस), ऋषि कडेंल (भि आइ सी), हरी राम्जाली (एन एस डब्लु), राजकुमार थपलिया (डब्लु ए) रहेका छन् । यसका लागि बिभिन्न समयमा गरेर तिन पटक चुनाव भएको थियो । यो सँगै अस्ट्रेलियाका विभिन्न राज्यहरुमा पनि एन आर एन अस्ट्रेलियाको राज्य परिषद बनेको छ । विश्वका करिव ६७ देशहरुमा संजाल रहेका एन आर एन को सबै भन्दा धेरै पाँच हजार भन्दा बढी रजिष्टर सदस्य अस्ट्रेलियामा रहेका छन् ।

au

अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल, अस्ट्रेलियन सरकारका सिनेटर तथा पार्लियामेन्ट्री सेक्रेटरी मेट थिसवाइट र एनआरएन प्रतिनिधि इन्द्र वानले पानसमा बक्तिवालेर अधिवेसको उद्घाटन गरका थिए । उक्त शत्रलाई संवोधन गर्दै राजदुत नेपालले एन आर एन सँग सहकार्य गर्दै दुतावस अघि बढ्ने बीचार राखेका थिए । यसैगरी अस्ट्रेलियाका सत्तारुढ दलका केन्दि्रय सह कोषाध्यक्ष डेबिड ब्रेडबडी र पार्लियामेन्ट्री सेक्रेटरी मेट थिसवाइटले नेपाली समुदायले अस्ट्रेलियामा बहुसास्कृतिवादलाई प्रवर्द्धन गरेको विचार राखेका थिए । ज्ञान र प्रविधिको हस्तान्तरण, सामुहिक लगानी र महिला, युवा र एनआरएनको संस्थागत विकासका बारेमा पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्लेलनको बन्द शत्रमा विधान संसोधनका विषयमा प्रतिनिनिहरुबीच एक मत हुन नसकेपछि विधान संसोधन गर्न पाँच सदस्यि समिति गठन गरिएको छ । नेपाली समुदायका महत्वपूर्ण योगदान गर्ने, विद्यालय र विश्वविद्यालयमा उत्कृष्ठ अंक ल्याउने, कलासंस्कृति र खेलकुदमा योगदान गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मन गरिएको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...