पोखरा, ९ साउन/नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कास्की र नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन विच एकता भएको छ । दुवै संगठनको संयुक्त सचिवालय वैठकपछि संयुक्त रुपमा जारि गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठन कास्कीमा आवद्ध पत्रकारहरु आजैका मितिदेखी प्रेस सेन्टर नेपालमा गोलवद्ध भएर अघि वढ्ने निर्णय भएको उल्लेख गरिएको छ ।
प्रेस सेन्टर नेपालका तर्फवाट अध्यक्ष विभु भुसाल तथा सचिव कृष्ण दवाडी र क्रान्तिकारी पत्रकार संगठनको तर्फवाट जिल्ला अध्यक्ष माधव पनेरु र सचिव फडिन्द्र अकिञ्चनले जारी गरेको विज्ञप्तिमा पत्रकारहरुका अन्य संगठनमा आवद्ध पत्रकारहरुलाई पनि प्रेस सेन्टर नेपालमा आवद्ध हुन आग्रह गरेका छन् ।
विगतमा माओवादी पार्टी विभाजनभएसँगै पत्रकारहरु पनि विभाजित वनेका थिए । माओवादी केन्द्रको आईतवार सम्पन्न सचिवालय वैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव तथा वावुराम भट्टराईलाई पार्टी एकतामा आउन आग्रह गरेको भोलिपल्टै प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठन विच कास्कीमा एकता भएको छ । टुटफुट र विभाजनले जनपक्षिय पत्रकारिता कमजोर वन्दै गएको र वास्तविक रुपमा शोषित पीडित र उत्पिडित जनताको पक्षमा अधिकतम रुपमा कलम चलाउन एकतावाट वल पुगेको प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष विभु भुसालले वताए ।
वैठकले क्रान्तिकारी पत्रकार संगठन कास्कीमा आवद्ध माधव पनेरु, फडिन्द्र अकिन्चन, शिवराज वस्ताकोटी, राजेन्द्र शर्मा, कमल बराल, कमल थापा र हरि शर्मालाई उपयुक्त जिम्मेवारी प्रदान गरिएको र वाँकीलाई आवश्यकता अनुसार जिम्मेवारी दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।