फाइल तस्बिर
पोखरा, ८ साउन /बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ”आर्थिक समृद्धिका लागि उद्यमशीलता सँगै प्रजनन स्वास्थ्यमा महिला अधिकार” भन्ने मुल नाराका साथ रेडियो जननी ९०.६ ले चौथो जननी तीज विषेश हस्तकला व्यापार मेला–२०७४ गर्ने भएको छ । मेला भदौ २ गते पोखरा सभागृहमा हुने रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् ।
उद्यमशीलताको माध्यमबाट आर्थिक रुपमा समाज परिवर्तन तथा महिला प्रजनन् स्वास्थ्यमा अधिकार , लिङ्ग पहिचान गरी गर्भपतन नगरौं र पोखरा लेखनाथ महानगरपालिकालाई बालमैत्री शहरका रुपमा अगाडि बढाउने अभियानलाई सार्थक तुल्याउनका लागि सन्देश प्रवाह गर्ने उद्घेश्यका साथ मेला आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताइन् ।
रेडियो जननीका प्रबन्ध निर्देशक लक्की कार्किले पोखरालाई स्मार्ट सिटी बनाउनका लागि महानगरका बासिन्दा स्वस्थ्य हुन जरुरी रहेको र यहाँका हरेक आमाहरु स्वस्थ्य हुन सकेमा मात्रै हामीले बनाउन खोजेको स्मार्ट सिटिमा ईट्टा थपिने बताइन् । रेडियोका स्टेशन म्यानेजर एवं कार्यक्रम संयोजक बिमला भण्डारीले रेडीयोले गदै आएको कार्यको निरन्तरता सँगै नेपाली नारीहरुको महान पर्व तिजकोे जगेर्ना र हस्तकलाको प्रर्बद्धन गर्नका लागि टेवा पुग्ने भएका कारण यो मेला गरिएको बताउदै मेलाले उद्यमशीलतामा महिलाहरुको गुणात्मक सहभागिता बढाउन मद्धत पुग्ने बताइन् ।
मेलामा स्वास्थ्य सम्बन्धी बिभिन्न स्टलहरु ,हस्तकला सम्बन्धी सामाग्रीको बिक्रि तथा प्रर्दशनी, प्रजनन स्वास्थ्य सम्बन्धी फोटो प्रर्दशनी , उद्यमशिलता र महिला प्रजनन् स्वास्थ्य अधिकार, लिङ्ग पहिचान गरी गर्भपतन नगरौं र पोखरा महानगरपालिका बालमैत्री शहरको रुपमा बिकास गरौ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ सन्देशमूलक खुल्ला तिज गित प्रतियोगिता, तिज विशेष सामाग्रीको बिक्रि तथा प्रर्दशनी, राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजकले बताउनुभयो ।