रेडियो सफलताको आयोजनामा सामाजिक स्वास्थ्य विमा सम्वन्धी तीज गीत प्रतियोगिता हुने

पोखरा, ४ साउन /जहाँ त्यहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजना तथा नेपाल सरकार, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीको सहकार्यमा यस वर्ष तिज गित प्रतियोगिता हुने भएको छ ।

नेपाल सरकारले लागु गरेको सामाजिक स्वास्थ्य विमा सम्वन्धी विषयलाई आम नागरिक समक्ष पुर्याउन उक्त विषयवस्तु छनौट गरिएको हो । स्थापनाकाल देखी निरन्तर गर्दै आएको उक्त सातौ तीज गित प्रतियोगीताको आगामी भाद्र ३ गते शनिवार आफ्नै प्राङ्गण मासबारमा गर्ने निर्णय गरेको प्रबन्ध निर्देशक दुर्गा अधिकारीले जानकारी दिनुभयो ।

वर्षेनी मौलिक संस्कृति लोकलयमा आधारित समय सान्र्दभिक विषयवस्तुमा केन्द्रित प्रतियोगीता आयोजना गर्दै आएकोमा यसवर्ष सामाजिक स्वास्थ्य विमालाई जोड दिईएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगी समुहले यसवर्ष नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा समितिले लागु गरेको “सामाजिक स्वास्थ्य विमा” विषयको सेरोफेरोमा रहेर गीत प्रस्तुत गर्नुपर्नेछ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई सभ्य र भव्य रुपमा मनाउदै गर्दा नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आम नेपालीको स्वास्स्थ्यलाई मध्यनजर गर्दै देशका विभिन्न १५ जिल्लामा लागु गरेको सामाजिक स्वास्थ्य विमाको विषयलाई आम नागरिक समक्ष पुर्याई धेरै भन्दा धेरै नागरिकले सामाजिक स्वास्थ्य सुरक्षामा सहभागी गराउने उदेश्यले रेडियो सफलता सँगको सहकार्यक्रममा कार्यक्रम गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास विकास समिति कास्कीका प्रवन्ध निर्देशक कृष्णप्रसाद भट्राईले जानकारी दिनुभयो ।

राज्यको चौथो अंग संचार क्षेत्रले नेपाल सरकारको अभियानलाई सफल बनाउनका लागि कार्यक्रममा सामाजिक स्वास्थ्य विमा सम्बन्धि विषयलाई जोडिएको अधिकारीले बताउनुभयो । स्वास्थ्य विमा कार्यक्रमको आवद्धताले आम नागरिकलाई विरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्दछ । हरेक मानिसले आफु र आफ्नो परिवार, समाजका लागि योगदान गर्दा समग्र देशलाई पनि सहयोग गरिरहेको हुँदा यति महत्वपूर्ण कार्यलाई संचार क्षेत्रबाट आम नागरिक समक्ष पुर्याउनका लागि यो विषयवस्तु रोजिएको रेडियोका निर्देशक गोविन्द कोइरालाले जानकारी दिनुभयो ।

उहाँले रेडियो सफलताले स्थापनाकालदेखि नै निरन्तररुपमा चेतनामुलक कार्यक्रमहरु समेत उत्पादन तथा प्रशारण गर्दै आईरहेको बताउनुभयो । स्वस्थ व्यक्तिले जिवनमा जस्तोसुकै कामहरु पनि गर्नसक्छ त्यसैले आफु स्वस्थ रहँदै सामाजिक स्वास्थ्य विमामा आधारित सन्देस प्रवाहका साथै संस्कार र संस्कृतिको जर्गेना गर्नमा आमा दिदीबहिनीको महत्वपूर्ण भुमिका हुने भएकाले यसवर्ष तिजलाई स्वास्थ्य विमा संग जोड्ने प्रयत्न गरिएको समाचार शाखाका प्रमुख सावित्रा कोइरालाले बताउनुभयो ।

कमेन्टहरु
Loading...