मृगौला पिडित भूश्रीलाई सहयोग आउने क्रम जारी

पोखरा ३०, असार/कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणको लागी सहयोग आउने क्रम जारी छ । पछिल्लोपटक पिडित भूश्रीको मृगौला प्रत्यारोपणका लागी कोरियाबाट १ लाख भन्दा धेरै सहयोग प्राप्त भएको छ ।

कोरियाबाट पोखरा लालीगुँरासटोल घर भई हाल कोरियामा कार्यरत रुप वहादुर तमू र संगमटोल घर भई हाल कोरियामा कार्यरत सुबास तमूको सक्रियतामा संकलित १ लाख ३ हजार रुपैयाँ पिडित भूश्रीलाई हस्तान्तरण गरीएको छ ।

याङ्जाकोट तमू समाज पोखरामा आयोजित हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष हनरी कप्तान दल वहादुर तमूले पिडित भूश्रीलाई रकम हस्तान्तरण गरेका थिए । हप्तामा दुईपटक डाईलोसिस गर्नुपर्ने भुश्रीको मृगौलाको लागी एकपटक डायलोसिसको करिव १ हजार ८ सय रुपैया खर्च लाग्ने परिवारले जनाएको छ ।

आफन्तबाट मृगौला पाएमा प्रत्यारोपण गर्न करीब ७ लाख लाग्ने छ भने मृगौला किनेर प्रत्यारोपण गर्नुपर्दा भने १५ लाख लाग्ने भुश्रीको परिवारले जनाएको छ । हालसम्म भूश्रीको मृगौला प्रत्यारोपणका लागी करिब साढे ६ लाख रुपैया संकलन भइसकेको परिवारले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...