समाज रुपान्तरणमा जनबादी बिबाह आबश्यक छ – अध्यक्ष खनाल

पर्वत २९ असार/पछिल्लो समयमा जनबादी बिबाह गर्ने परम्परा हराउँदै गएको बेला नेकपा(एमाले) पर्वतका उपसचिब पदमपाणी शर्मा र एमालेका नेता तथा दोलखाका पुर्ब साँसद आनन्द पोखरेलकी छोरी सृजना पोखरेलका बिचमा जनबादी बिबाह सम्पन्न भएको छ ।

बिद्यार्थी राजनितीबाट पार्टी राजनितीमा प्रबेश गरेका शर्मा र स्टाफनर्स पोखरेलका बिच मागी जनबादी बिबाह भएको हो । राष्ट्रिय सभागृहमा भब्य कार्यक्रमका बिचमा बिबाह भएको थियो ।कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री झलनाथ खनालले समतामुलक समाज निर्माण गर्न जनवादी विवाह आवश्यक रहेको बताए ।

खर्च, समय र लगानीका हिसावले पनि जनवादी विवाह उचित भएको भन्दै उहा“ले आफूले दुई सय ३२ रुपैया“मा विवाह गरेको चर्चा गरे । सबैले लोकतान्त्रिक विवाह पद्धति विकास गर्नुपर्ने उनको भनाइ छ । खनालले भूमिगत कालमा अधिकास नेताहरुले कसैलाई थाहा नदिई पार्टीको वैठकहरुमा विवाह गर्ने गरेको बताए ।

 

कमेन्टहरु
Loading...