कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पुन सम्मानित

पोखरा, २९ असार/तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्वारा स्थापित एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार एवं लेखक तिलकप्रसाद पुन पुर्जा सम्मानित भएका छन् ।

अध्यक्ष तमुको ३३ औं वैवाहिक वर्षगाँठका अवसरमा पुरस्कार स्थापनाकर्ता कर्म तमुले नगद पाँच हजार एक रुपैया सहित सम्मानपत्र, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दुर्गा भण्डारीले खादा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष हुमबहादुर तमुले भाङ्ग्राबाट सम्मान गरेका छन् ।

पुनलाई पुरस्कृत गर्नुहुदै पुरस्कार स्थापनाकर्ता तमु धिं नेपालका अध्यक्ष, समाजसेवी कर्म तमुले आफू ‘हाइलाइट’ हुनका लागि नभई आदिवासी जनजाति पत्रकारहरूलाई हौसला बढाउनका लागि पुरस्कारको स्थापना गरेको बताइन् । पुरस्कारबाट सम्मानित पुनले लामो संघर्ष र उत्पीडनका बीचबाट यहाँसम्म आएको बताए ।

प्रतिभा छनौट समितिका सदस्य, दिपेन्द्र श्रेष्ठले लामो समयदेखि सामुदायिक, सामाजिक योगदान दिदै आउनु भएकी कर्म तमुले स्थापना गर्नु भएको पुरस्कारको सन्दर्भ र पुरस्कारका लागि प्रतिभा छनौटका बारेमा गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रूद्र भट्टले पत्रकार पुनको सम्मानले सिंगो पत्रकारिता जगत् सम्मानित भएको धारणा राख्दै समाजसेवी कर्म तमुले पत्रकारिता क्षेत्रप्रति लगाउनुभएको गुनप्रति धन्यवाद व्यक्त गरे ।
फोनिज कास्कीका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका सचिव पूर्ण Þयोल्मो, सञ्चारिका समुह पश्चिमाञ्चल अध्यक्ष बसन्ती बाँस्तोलाले सामुदायिक अभियन्ता कर्म तमुले पत्रकारिता पुरस्कार स्थापना गरिदिनुभएर आम पत्रकारीता क्षेत्रलाई सम्मान गर्नुभएकोमा खुशी व्यक्त गरेका थिए ।

पुरस्कारका लागि छनौट हुनुभएका ५० वर्षिय पुर्जा विक्रमाब्द २०५४ सालदेखि आदिवासी जनजातिको विषयमा लेखन एवं पत्रकारिता गर्दै आएका छन् ।

 

कमेन्टहरु
Loading...