मृगौला पिडित भूश्रीलाई वेलायतबाट सहयोग

पोखरा २९, असार/कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणका लागी वेलायतमा रहेका नेपालीहरुबाट संकलित एक लाख ७५ हजार शनिवार हस्तान्तरण गरीएको छ । वेलायतमा रहेका भोजबहादुर केप्छैँ तमु र केशवहादुर त्होर्जे तमुको पहलमा एक लाख एक हजार १ सय ५१ रुपैया संकलन भएको थियो । उक्त रकम दुध पोखरी तमू समाजका सल्लाहकार क्याप्टेन धनबहाुदर तमूले मृगौला पिडित भुश्रीलाई हस्तान्तरण गरे ।

त्यसैगरी वेलायतमा रहेका मिनबहादुर केप्छैं तमुको सक्रियतामा केप्छैं, म्होब्जैं र योज्मैं दाजु÷भाईहरुबाट संकलित ७२ हजार रुपैया केप्छैं भाई समाज पोखराका अध्यक्ष आसबहादुर तमुले मृगौला पिडित भुश्रीलाई हस्तान्तरण गरे । वेल्जीयम निवासी पवित्रा तमूले आफन्त मार्फत २ हजार सहयोग प्राप्त भएको छ । मृगौला पिडित भुश्रीको विगत ६ महिनादेखि मणिपाल शिक्षण अस्पतालमा डाईलोसिस गराउदै आएकी छन् ।

हप्तामा दुईपटक डाईलोसिस गर्नुपर्ने भुश्रीको मृगौलाको लागी एकपटक डायलोसिसको करिव १ हजार ८ सय रुपैया खर्च लाग्ने परिवारले जनाएको छ । आफन्तबाट मृगौला पाएमा प्रत्यारोपण गर्न करीब ७ लाख लाग्ने छ भने मृगौला किनेर प्रत्यारोपण गर्नुपर्दा भने १५ लाख लाग्ने भुश्रीको परिवारले जनाएको छ । हालसम्म करीब ५ लाख आर्थिक संकलन भएको छ ।

कमेन्टहरु
Loading...