कास्कीको पुम्दीभुम्दीमा बस दुघटना एकको मृत्यु

सागर राज तिमिल्सिना/पोखरा २८ असार/कास्कीको पुम्दीभुम्दीमा बस दुघटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पोखराबाट स्याङजाको वालिङ्गका लागि हिडेको ग १ ख २९१६ नम्बरको बस कास्कीको पुम्दीभुम्दी स्थित ठुल्ढुंगामा दुघटना हुदाँ स्याङजा बयरघारीका १९ वर्षिय अनिल शर्माको मृत्यु भएको हो ।

मृतक बसको सहचालक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको पोखराको चरक अस्पताल र फेवासिटि अस्पतालमा उपाचार भइरहेको छ । घाइते केहिको अवस्था गम्भिर रहे पनि अन्य भने समान्य रहेका छन । दिउसो करिव ३ बजे तिर यात्रु लिएर स्याङजा तर्फ लागेको बस तिव्रा गतिका कारण सडकबाट तल खस्दा दुघटना भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...