नेकपा माओबाद ले चुनाबमा भाग नलिदैमा मंसीर ४ गतेको चुनाब नरोकीने नेता पौडेल

पोखरा, २८ असार/नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले नेकपा माओबादी ले चुनाबमा भाग नलिदैमा मंसीर ४ गतेको चुनाब नरोकीने बताएका छन् । नेपाली कागं्रेस गण्डकी अञ्चल समन्वय समितिको प्रथम बैठकको शुभारम्भ कार्यक्रममा उनले चुनाब जसरी भए पनि भै छाड्ने ठोकुवा गरे ।

माओवादीले आफ्नो अस्तित्व संकटमा पर्छ कि भन्ने डरले चुनाबमा भाग नलिए उसैलाई घाटा हुने उनको भनाई थियो । नेकपा–माओबादीलाई निर्बाचनमा सहभागी गराउनका सरकारले गोलमेच सम्मको लचकता अपनाएर भएपनि सहमति प्रयास गर्ने सहमति भएको र त्यति गर्दापनि नमाने जसरी पनि तोकिएकै समयमा निर्वाचन गराई छाड्ने उनले दावि थियो ।

कमेन्टहरु
Loading...