होस्टलबाट खैरो हेरोइनसहित २ पक्राउ

२८ असार, काठमाडौं । प्रहरीले थत दिप व्वाइज होस्टेल लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो संगमचोकमा रहेको होस्टलबाट अवैध लागू औषध खैरो हेरोइन १० ग्रामसहित नेपालगञ्जका मोहमद अहमद अन्सारी र कैलाली विकासपुरका दिप शाहलाई पक्राउ गरेको हो । शाह विद्यार्थी हुन् भने अन्सारी लागू औषध ओसार पसार गर्ने व्यक्ति हुन् ।

विभिन्न समयमा प्रक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै एसएसपी चन्द ।

विभिन्न समयमा प्रक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै एसएसपी चन्द ।

पछिल्लो समय ब्यूरोले होल्टलहरुमा निगरानी बढाएको छ । लागू औषध प्रयोगकर्ताहरुमा प्रथमिक शिक्षा लिउका १५ प्रतिशत, ६ देखि १० सम्म अध्ययन गर्ने ४२ र प्लस टु अध्ययन गर्ने ३४ प्रतिशत पाइएको एसएसपी रणबहादुर चन्दले जानकारी दिनुभयो ।

ब्यूरोले हेटौडाका नागराज भनेर चिनिने राज लामा तामाङ्गलाई पक्राउ गरेको छ । उनलाई बुप्रेनफिर्न २ सय एम्पूल, डाईजेपाम २ सय एम्पूलसहित थापाथली प्रसुतिगृह जाने सार्वजनिक सड्क किनाराबाट पक्राउ गरिएको हो । २०६४ साल फागुनमा जेल परेका उनी २ वर्षपछि रिहा भएका थिए । जेलबाट छुटेपछि फेरि प्रतिवन्धित औषधी ओसार पसारमा संलग्न उनी प्रहरीको खोजीको सूचीमा थिए । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...