माओवादीसँग सम्झौता नगरे विद्रोह सामना गर्नु पर्ने विप्लवको चेतावनी

२७ मंसिर, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुसँग सम्झौता वा विद्रोह एक रोज्न प्रमुख दलहरुलाई चेतावनी दिनु भएको छ । संविधानसभाको चुनाव अघि नै माओवादीसँग सम्झौता गर्न कांग्रेस-एमाले तयार नभए विद्रोह हुने उहाँको भनाई छ ।

biplapबिहीबार राजधानीमा विभिन्न दलका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि विप्लवले भन्नुभयो-’ यदि कांग्रेसले भुल सच्याएन भने, एमालेहरुले भुल सच्याएनन् भने, माओवादीसँगको सहकार्यलाई अर्को नयाँ उचाईमा पुर्‍याउन उनीहरु तयार भएनन् भने, संविधानसभाको चुनाव हैन, चुनाव अघि नै नेपाली जनताले लेख्न चाहेको संविधानबारे माओवादीसँग सहमति गरेनन् भने उनीहरुले नेपालमा एउटा विद्रोहको सामना गर्नु पर्नेछ ।’ सम्पूर्ण मानिसहरु, महिला, जनजाति, मुस्लिम दलित सबै बिद्रोहको तयारीमा रहेको उहाँको दावी थियो ।

माओवादी सचिव विप्लवले माओवादीलाई दमन गर्न खोजे अर्को जनयुद्ध गर्ने चेतावनी दिनुभयो । ‘यदि प्रतिक्रियावादीहरुले माओवादीलाई दमन गर्ने सोचे भने, संशोधनवादीहरुले पुरानो सत्तालाई टिकाई राख्न खोजे भने, यदि नेपालका जनताहरुलाई दमन गर्दै अर्को हत्कण्डा मच्चाउँछौं भन्ने सोचे भने म के चुनौती दिन चाहन्छु’ उहाँले भन्नुभयो-’नेपाली जनता फेरि जाराकजुरुक उठ्ने छन् । १० वर्षको जनयुद्धमा जनता जसरी उठेका थिए, त्यसरी नै उठ्ने छन् र जसले जनतालाई दमन गर्ने सपना देखेका छन्, तीनीहरुको अन्त्य हुनेछ ।’

माओवादी सचिव विप्लवले यथास्थितिमा कुनै हालतमा मंसिर ४ को चुनाव हुन नदिने बताउनु भयो । कार्यक्रममा विभिन्न दलका झण्डै ५ दर्जन नेता कार्यकर्ता नेकपा-माओवादी प्रवेश गरेका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...