आचार्यका २ कृति विमोचन

पोखरा, २७ असार/कवि शालिग्राम आचार्यद्धारा लिखित, अनुभव शुक्ति र सुन्यको महत्व नामक दुई कृतिको आज पोखरामा लोकापर्ण गरिएको छ ।आदिकवि भानुभक्त आचार्यको २ सय औँ जन्म जयन्तीको अवसरमा कृति लोकार्पण समितिले पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यद्धारा लिखित कृतिको वरिष्ठ साहित्यकार सरुभक्त, र महाकाव्यकार माधव वियोगीले लोकापर्ण गरे ।

कार्यक्रममा साहित्यकार सरुभक्तले जीवन र दर्शनलाई बुझ्न कवि आचार्यका कृति उपयोगी रहेको बताए । उनले नैतिक आचारण हराउँदै गएको समयमा नितिका कुरा समावेश गरी कृति प्रकाशित गरेकोमा खुसी व्यक्त गरे । महाकाव्यकार माधव वियोगीले कृति समय सापेक्ष भएको बताउँदै जीवन जगतका विषयमा विश्लेषण गरिएको प्रष्ट परे । कृतिको कवि जनादर्न त्रिपाठी र छन्दमणिले समिक्षा गरेका थिए ।

समितिका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कविवर तेजनाथ घिमिरे, प्रा.डा दिलबहादुर क्षेत्रि, डा. सर्वराज आचार्य, राम प्रसाद तिमिल्सिना, कवि चेकबहादुर वरुवाल, हरिलाल तिमिल्सिना, सिता सि.के, श्रष्टाका छोरा श्याम सुन्दर आचार्य, बैकुण्ठ पौडेल, छन्दिका त्रिपाठी लगायतले प्रकाशित दुई कृतिका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा आदिकवि भानुभक्तलाई समर्पण गर्दै कवि आचार्यले लेख्नुभएका गीत तथा कविता वाचन गरिएका थिए । २००२ साल मंसिर २६ गते कास्की जिल्लाको अर्मला ३ कुरेचौरमा जन्मनुभएका कवि आचार्यका यस अघि असत्य उज्यालोमा सत्य प्रकाश कविता संग्रह, अन्तरङ्गका तरङ्गहरु – गीत संग्रह ) विर्सजन पुराण कविता संग्रह, आचार्य वंशावली लगायतका कृतिहरु प्रकासित भै सकेका छन् । लामो समय शिक्षण पेशामा जीवन विताउनुभएका कवि आचार्य दुई दशक देखि साहित्य लेखनमा क्रियाशिल छन् ।

कमेन्टहरु
Loading...