पाल्पाली समाज पोखराद्वारा शम्भु उप्रेतीको बिदाइ

पोखरा, २७ असार/पाल्पाली समाज पोखराले सशस्त्र प्रहरी गण मालेपाटन पोखराका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीको विदाइलाई बुधबार एक समारोहबीच विदाइ गरेको छ । पाल्पाको पोखराथोकमा जन्मिएका उप्रेती पाल्पाली समाज पोखराका सल्लाहकार हुन् । विगत १८ महिनादेखि कालिका गणमा कार्यरत रहेकोमा उनको हालै सशस्त्रकै बर्दघाट तालिम केन्द्रमा सरुवा भएको छ ।
विदाइ समारोहमा बोल्दै एसपी उप्रेतीले आफूले जहाँ गए पनि पाल्पा, पाल्पाली र पाल्पाली समाज पोखरालाई नबिर्सने बताए । पोखरा बसाइँ आफ्नो लागि सुखद र अविष्मरणीय रहेको उनको भनाइ थियो ।
पोखरा बसाइँका क्रममा आफूले गरेको सामाजिक कार्यहरुको चर्चा गर्दै उनले मानिसमा केही न केही सामाजिक सेवाको भाव हुनुपर्नेमा जोड दिए ।
अत्यन्तै मिजासिलो स्वभावका उप्रेतीले फेवातालमा रेस्क्यू टावर, गणभित्र स्पोर्टस् कम्प्लेक्स, विपत व्यवस्थापनका लागि उद्दार सामग्री कक्ष निर्माण गर्नुका साथै विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै अतुलनीय सहयोग पु¥याएको भन्दै पोखरेलीले यतिखेर उनको प्रशंसा गरेका छन् ।
कार्यक्रममा उपे्रतीका जीवनसँगिनी योजना उप्रेतीले विदाइ गीत गाउँदै पाल्पाली समाज र पोखरालाई नबिर्सने बताइन् ।
समाजसेवी एवं पाल्पाली समाज पोखराका सल्लाहकार लीलाभक्त आचार्यले मानिसले जहाँ गए पनि पूख्र्यौली थलोलाई बिर्सन नहुने सुझाव दिए ।
कार्यक्रममा नेपाल राष्ट्रबैक पोखराका मुख्य व्यवस्थापक ऋषिकेश भट्ट, समाजका संरक्षक चिरञ्जीवी श्रेष्ठ, लोकनाथ काफ्ले, ई.चन्द्रकान्त काफ्ले, पत्रकारद्वय श्याम कुँवर, खेम सारुलगायतले उप्रेतीको अझ सफलताको शुभकामना दिए ।
विदाइ समारोहमा उपे्रतीलाई खादासहित मायाको चिनो प्रदान गरिएको थियो ।
यसैबीच, नेपाल राष्ट्रबैक पोखराका मुख्य व्यवस्थापकमा सरुवा भै आएका पाल्पाली ऋषिकेश भट्टलाई सो अवसरमा स्वागत गरिएको छ ।
पाल्पाली समाज पोखराका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य यादवनाथ आचार्यले स्वागत र सचिव कुलप्रसाद घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।
यता, अधिकृत समाज कास्कीले पनि बुधबार नै समाजका अध्यक्ष शम्भुप्रसाद उप्रेतीलाई विदाइ गरेको छ ।
समारोमाह अधिकृृत समाज कास्कीका संरक्षक प्रजिअ यादवप्रसाद कोइरालाले उपे्रती मिलनसार र कर्तब्यनिष्ट भएको बताएका थिए । यसैगरी, नागरिक समाजको तर्पmबाट उप्रेतीलाई विदाइ गर्दै पोखरा वडा नं. ७ मा वृक्षरोपण गरिएको रामबहादुर पौडेलले बताए । पोखराका विभिन्न संघसंस्थाले केही दिनयता उप्रेतीको विदाइ कार्यक्रम तीब्र पारेका छन् ।

कमेन्टहरु
Loading...