लेखनाथ बाल मञ्चको अध्यक्षमा ममता

असार, २७ लेखनाथ / लेखनाथ नगरपालिकामा भएको बालबालिकाहरुको तेश्रो भेलाले ममता अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । नगरपालिकाको वडा नंं २ को बालक्लवकी अध्यक्ष समेत रहेकी अधिकारी नगरको तेश्रो भेलाबाट अध्यक्षतमा निवार्चित भएकी हुन ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शुष्मा लामिछाने, सचिवमा समुन्नत अधिकारी, सहसचिवमा समुन्नत अधिकारी र कोषाध्यक्षमा विनिता आचार्य रहेका छन् । समितिको सदस्यहरुमा सविन तिवारी, अनिल लगुन, शुष्मा कुँवर, दिपक अधिकारी, आशिष भण्डारी, कपिल अधिकारी, आदर्श भट्टराई, कृष्ण पौडेल र लक्ष्मण ढकाल रहेका छन् । वडा नं. १० को प्रतिनिधित्व हुने गरी पछि एक सदस्य कार्यसमितिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिईन ।

मगलबार देखी दुईदिनसम्म चलेको बाल भेलाले विभिन्न १२ वुँदे लेखनाथ घोषणा समेत जारी गरेको छ । बालसहभागिताको अधिकार सुनिश्चित हुनु पर्ने, श्रमिक बालबालिकाको उचित संरक्षण हुनु पर्ने, घरेलु बाल हिंसाको अन्त्य हुनु पर्ने, बालबालिकालाई यौन दुव्र्यहार गर्न नपाईने, बालविवाहको अन्त्य हुनु पर्ने लगायतका वुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसैविच नवनिर्वाचित कार्यसमितिलाई वधाई दिदै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत जीवन ज्ञवालीले बालबालिकाका आवाजलाई नगरपालिकाले संस्थागत गर्ने प्रयास गरेको उल्लेख गर्नु भयो । उहाँले नवनिर्वाचित कार्यसमितिसँग नगरपालिकाले सहकार्य गरेर अघि वढ्ने वताउनु भयो । यस्तै बाल अधिकार अधिकृत भरतराज बरालले दुईदिनसम्म चलेको सम्मेलनमा बालबालिकाहरुले आफ्ना जीवनका बास्तविक कुराहरु सवैका अगाडी स्पष्ट राख्न सक्ने भएको उल्लेख गर्नु भयो ।

लेखनाथ नगरपालिकाका बालबालिका सम्वन्धी कार्यक्रम हेर्ने फोकल पर्सन नवराज सापकोटाले बालमैत्री स्थासन प्रवद्र्धनमा लागेको नगरपालिकालाई बालबालिकाहरुको संस्थागत उपस्थितिको खाचो रहेको औल्याउँदै, बालमञ्चले त्यसलाई परिपूर्ति गर्ने वताउनु भयो ।

अध्यक्ष ममता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोलीका काशी गुरुङ, बालमञ्च लेखनाथका निवर्तमान अध्यक्ष स्मृती ओझा, सल्लाहकार सन्तोष पौडेल, विनय आचार्य लगायतले भेला उपलब्धीमुलक रहेको वताउनु भयो । भेलामा नगरका १५ वटा वडाका बालक्लव, विद्यालयस्तरका बालक्लव र समुदाय स्तरका बालक्लवका गरी १ सय ३० बालबालिकाको प्रतिनिधित्व रहेको थियो ।

कमेन्टहरु
Loading...