प्रदेश नं. ४ गाउँपालिका राष्ट्रिय महासंघमा ईश्वर पाण्डे

पोखरा ११ असार/प्रदेश नं. ४ का गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुको एक भेलाले गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश स्तरीय समन्वय समितिगठन गरेको छ । गा.वि.स. राष्ट्रिय महासंघले गाउँपालिका राष्ट्रिय महासंघ गठन र भावी रणनीति तय गर्न शनिबार र आइतबार पोखरामा भेला आयोजना गरेको थियो ।

भेलामा प्रदेश नं. ४ अन्तर्गतका ५८ गाउँपालिकाका ११६ जना जनप्रतिनिधि मध्ये ९६ जना सहभागी थिए । भेलाले गाविस महासंघको विधान संशोधन गरि गाउँपालिका महासंघ बनाउने निर्णय गरेको छ । यसैगरी संविधानले स्थानीय तहलाई दिएको अधिकार सिधै कार्यान्वयनगर्र्ने भेलाको निर्णय गरेको छ । नेपाल सरकारले गरेको निर्णयहरु, संघीय कानूनहरु र संविधान संशोधनका बुँदाहरुमा स्थानीय जनप्रतिनिधिहरुको हकअधिकार रक्षा गर्नेका लागि एक नेटवर्क बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले गाउँपालिका महासंघ गठन गरेको महासंघका कार्यकारी निर्देशक विमल पोखरेलले जानकारी दिए ।

गाविस महासंघका केन्द्रीय महासचिव एवं धादिङ निलकण्ठ नगरपालीकाका प्रमुख भीम ढुङ्गानाको अध्यक्षतामा भएको भेलाले गोरखाको भीमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेलाई संयोजक चयन गरेको छ । महासंघको सह–संयोजकमा पर्वतको महाशिला गाउँपालिकाका प्रमुख राजु पौडेल चयन भएका छन् । यसैगरी महासंघको सदस्यहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ, बाग्लुङको तमाङखोला गाउँपालिकाका प्रमुख जोगलाल बुढा, ताराखोला गाउँपालिकाका उपप्रमुख डिलकुमारी पुन, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख दीर्घनारायण अर्याल, आँधिखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौडेल रहेका छन् ।

यसैगरी तनहुँको रिसिङ गाउँपालिकाका प्रमुख राजेन्द्र श्रेष्ठ, गोरखाको सुरीकोट गाउँपालिकाका प्रमुख विष्णु प्रसाद भट्ट, नवलपरासीको हुम्सीकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डे, म्याग्दीको धौलागिरी गाउँपालिकाका थमसरा पुन, लमजुङको मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ, पर्वतको पैयुँ गाउँपालिकाका उपप्रमुख जसमती गुरुङ र मुस्ताङको धरपझोङ गाउँपालिकाका उपप्रमुख शर्मिला गुरुङ पनि गाउँपालिका महासंघको सदस्यमा चयनभएको छन् ।

भेलामा गाविस महासंघका केन्द्रीय सदस्य एवं पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसी, महासघका कार्यकारी निर्देशक विमल पोखरेल लगायतले जनप्रतिनिधिको हकअधिकार र स्थानीयतहको गतिविधिलाई थप सक्रिय बनाउन गाउँपालिका महासंघ बनाउनु पर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...