विपन्न वर्गका परिवारलाई फलफूलका विरुवा

पोखरा, २६ असार/‘वृक्षारोपण गरौँ, प्रकृति जोगाऔँ’ भन्ने नारा सहित पोखराको सृजना विकास केन्द्रले ग्रामिण भेगमा बसोबास गर्ने गरिब तथा विपन्न परिवारका महिलाको आयआर्जन बढाउन फलफूल सहितका विरुवा वितरण गरेको छ । सृजना बैंकिङ्ग कार्यक्रम अन्तर्गत कास्की, तनहुँ, लम्जुङ्ग र गोरखा जिल्लामा लघुवित्त कार्यक्रममा आवद्ध महिला सदस्यलाई फलफुल तथा अन्य जातका विरुवा गरि सात हजार विरुवा वितरण गरेको हो ।

पहिलो चरणमा ३ हजार घर परिवारका लागि फलफूल सहितका विरुवा दिइएको छ । प्रत्येक घरका लागि एक÷एक वटा फलफूल र २ वटा अन्य विरुवा दिएको हो । महिलाहरुको आयआर्जन वृद्धि गराउन फलफूल र घास लगायतका बोटविरुवा दिएको केन्द्रका अध्यक्ष रुद्रनाथ बरालले बताए । एउटा फलफूलको विरुवाबाट धेरै नै आम्दानी हुने नभई राम्रो उत्पादन दिएमा अन्य विरुवा रोप्नका लागि उत्साह थप्ने अध्यक्ष बरालले बताए ।

पहिलो चरणमा तीनहजार घरपरिवारलाई विरुवा दिएकोमा पाँचवर्ष भित्र केन्द्रका सबै करिब १८ हजार सदस्यलाई यस्तै विरुवा दिईने प्रमुख कार्यकारी अधिकृत विरबहादुर अधिकारीले जानकारी दिए । फलफूलमा आँप, लिचि, अम्बा र अन्यमा चाँप, कपुर, लप्सी, तेजपत्ता लगायतका विरुवा वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...